बेलायतमा निधन भएकी सदीक्षाको परिवारलाई एनआरएनए यूकेको पहलमा १० लाख रुपिँया सहयोग


प्रकाशित मिति : असार २३, २०८० शनिबार

अध्ययनका लागि बेलायत आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया सदीक्षा तामाङको परिवारका लागि एनआरएनए यूकेले १० हजार ५४५ पाउन्ड अर्थात् झण्डै १० लाख रुपिँया सहयोग गरेको छ ।

एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले सदीक्षाको अन्त्येष्टी समारोहमा बाबु कृष्णबहादुर थोकर तामाङलाई रकम हस्तान्तरण गरेका हुन् । स्वर्गीय सदीक्षाको हिजो ७ जुलाई शुक्रबार अल्डरसट पार्क क्रिमेटोरिएममा दाहसंस्कार भएको छ ।

आफ्नो आर्थिक अवस्था दयनीय रहेको बताउंदै सदीक्षाका बाबुले सघाउन अनुरोध भए लगत्तै एनआरएनए यूके अध्यक्ष गाहामगरले आर्थिक संकलनका लागि आव्हान गरेका थिए । सदीक्षाको मृत्यु भएको गत १० मेबाटै अभियान शुरु भएपछि स्वतस्फूर्त रुपमा १७८ जना व्यक्ति र १० वटा संस्थाले झण्डै साढे १० हजार पाउन्ड सहयोग गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तामाङ समाज यूकेले १६०९ पाउन्ड, गोर्खा नेपलिज वेलफेयर सोसाइटी यूकेले ११६२ पाउन्ड, सगरमाथा गोर्खा नेपाली कम्युनिटी आशफोर्ड, केन्ट ले ८०१ पाउन्ड,
ब्रिटिश गोर्खा एन्ड ब्रिटिश गोर्खा नेपलिज क्याट्रिक कम्युनिटीले ७३९, पाउन्ड, पश्चिम लन्डन जन सम्पर्क समिति बेलायतले ३५२ पाउन्ड, गोर्खा वारियर यूकेले ३१९ पाउन्ड, तनहुँ समाज यूकेले २५० पाउन्ड, क्षेत्री समाज यूकेले १०१, सिर्जनशील नेपाली समाज यूकेबाट २२० र किरात सुनुवार वेलफेयर सोसाइटी यूकेले १०० पाउन्ड सहयोग प्रदान गरेका हुन् ।

पार्वती गुरुङ (माइला), माया गुरुङ (कान्छा), अर्चना गुरुङ र अन्यले गत २१ मेमा आयोजित एनआरएनए यूके विशेष महाधिवेशनमा २६५ पाउन्ड संकलन गरेका थिए ।
एनआरएनए यूके अध्यक्ष गाहामगरले आर्थिक सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com