मिजौरीमा नेपालीको सुन्दर परिवारमा विपद, दुर्घटनामा चारैजना घाइते, सहयोगका लागि गोफण्डमी


प्रकाशित मिति : असार २२, २०८० शुक्रबार

अमेरिकाको ओक्लाहोमामा भएको दुर्घटनामा मिजौरीमा बस्दै आएको नेपाली परिवारका सबैजना घाइते भएपछि उक्त सुन्दर परिवारमा विपत आइलागेको छ । सन्तोष बर्तौला, श्रीमती श्रृजना पाण्डे, ६ बर्षका छोरा जस बर्तौला र २ बर्षकी छोरी नायला बर्तौला चढेको गाडीमा सेमी ट्रकले ठक्कर दिंदा परिवारका चारैजना घाइते भएका हुन् भने दुईजनाको अवस्था गम्भिर रहेको छ ।

यदि तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

शनिबार बेलुका ५ बजेतिर भएको दुर्घटनामा घाइते आमा र छोरीको अवस्था गम्भिर रहेको छ । आमाको स्पाइनल कर्ड इन्जुरी भएकाले प्यारालाइसिस अवस्थामा उपचार भइरहेको छ भने छोरीको पनि गम्भिर र अचेत अवस्थामा ब्रेन हेमरेजका साथ आईसीयुमा उपचार भइरहेको छ । श्रृजनाले कम्तीमा पनि एकबर्ष बेडरेष्ट गर्नुपर्ने अस्पताललाई उद्दृत गर्दै परिवारले जनाएको छ । सन्तोष बर्तौला र छोरा जस बर्तौलाको पनि शरीरका केही भागका हड्डीहरु टुटेको तर खतरामुक्त अवस्थामा उपचार भइरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफूहरुलाई आर्थिक, भावनात्मक र मानसिक रूपमा तनाव उत्पन्न भएको उल्लेख गर्दै सन्तोष बर्तौलाले आर्थिक सहयोग जुटाउन गोफण्डमी सुरु गरेका छन् । आफू सधैं मानवीय क्षेत्रमा संलग्न हुने गरेको र आज आफैले असहाय पीडित भएको महसुस गरिरहेको उल्लेख गर्दै उनले सबैसँगको सहयोगको अनुरोध गरेका छन् । अहिले आफ्नो उपचार र श्रीमती तथा बच्चाहरूको सहयोग गर्नुपर्ने भएकाले काममा जान नसकेको भन्दै उनले आर्थिक रूपमा मद्दत गर्न र आफूहरुका लागि प्रार्थना गरिदिन आग्रह गरेका छन् ।

ओक्लाहोमाको शुटोभन्ने स्थानमा गाडी चलाइरहँदा  सेमी ट्रकले ठक्कर दिएपछि उनीहरु घाइते भएका हुन् । आमाछोरीलाई एयर एम्बुलेन्समार्फत र बाबुछोरालाई एम्बुलेन्समार्फत टल्सामा रहेको सान फ्रान्सिस अस्पतालमा लगिएको थियो । त्यसपछि उसैदिन श्रृजना पाण्डेको घाँटीको सर्जरी गरिएको थियो ।

दुर्घटनामा गम्भिर घाइते २ बर्षकी नायला बर्तौला

अहिले आमाछोरी आफ्नो जीवनको लागि लडिरहेका छन् भने छोरीको मस्तिष्कमा गहिरो चोट लागेको छ । आमाको सी४, सी ५ र सी ६ स्पाइनल कर्ड भाँचिएको छ, जुन जुन मेरुदण्डको सबैभन्दा गम्भीर चोटहरू मध्ये एक हो । छोराको केही दिनमा कस्मेटिक सर्जरी हुनसक्ने अस्पताललाई उद्दृत गर्दै पारिवारिक श्रोतले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भिर घाइते श्रृजना पाण्डे

कोलम्बियाको मिजौरीमा बस्दै आएको बर्तौला परिवार केहीसमय अगाडिमात्र अमेरिका आएको हो । झण्डै एकबर्ष अगाडि अमेरिका आएका सन्तोष बर्तौलाले गतबर्षको अक्टोबरमा डिपेन्डेन्टका रुपमा श्रीमती र छोराछोरीलाई अमेरिका ल्याएका थिए । नेपालमा स्थायी घर हेटौडा भएका उनीहरु गत शुक्रबारपछि जुलाई ४ को लामो सप्ताहन्तविदा भएका कारण साथीलाई भेट्न सन्तोष आफैले गाडी चलाएर टेक्सास जाँदै थिए । त्यसैक्रममा बीच बाटोमा दुर्घटना भएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com