ओक्लाहोमामा ४ जनाको नेपाली परिवार चढेको गाडी दुर्घटना, आमा र २ बर्षीया छोरीको अवस्था गम्भिर


प्रकाशित मिति : असार २०, २०८० बुधबार

अमेरिकाको ओक्लाहोमामा नेपाली परिवार चढेको गाडीमा सेमी ट्रकले ठक्कर दिंदा परिवारका चारैजना घाइते भएका छन् भने दुईजनाको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा सन्तोष बर्तौला, श्रीमती श्रृजना पाण्डे, ६ बर्षका छोरा जस बर्तौला र २ बर्षकी छोरी नायला बर्तौला घाइते भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

शनिबार बेलुका ५ बजेतिर दुर्घटनामा घाइते आमा र छोरीको अवस्था गम्भिर रहेको जनाइएको छ । आमाको स्पाइनल कर्ड इन्जुरी भएकाले प्यारालाइसिस अवस्थामा उपचार भइरहेको छ भने छोरीको पनि गम्भिर अवस्थामा आईसीयुमा उपचार भइरहेको छ । सन्तोष बर्तौला र छोरा जस बर्तौलाको पनि शरीरका केही भागका हड्डीहरु टुटेको तर खतरामुक्त अवस्थामा उपचार भइरहेको छ ।

दुर्घटनामा गम्भिर घाइते श्रृजना पाण्डे

ओक्लाहोमाको शुटोभन्ने स्थानमा गाडी चलाइरहँदा  सेमी ट्रकले ठक्कर दिएपछि घाइते आमाछोरीलाई एयर एम्बुलेन्समार्फत र बाबुछोरालाई एम्बुलेन्समार्फत टल्सामा रहेको सान फ्रान्सिस अस्पतालमा लगिएको थियो । त्यसपछि उसैदिन श्रृजना पाण्डेको घाँटीको सर्जरी गरिएको थियो । छोराको केही दिनमा कस्मेटिक सर्जरी हुनसक्ने अस्पताललाई उद्दृत गर्दै पारिवारिक श्रोतले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भिर घाइते २ बर्षकी नायला बर्तौला

कोलम्बियाको मिजौरीमा बस्दै आएको बर्तौला परिवार केहीसमय अगाडिमात्र अमेरिका आएको हो । झण्डै एकबर्ष अगाडि अमेरिका आएका सन्तोष बर्तौलाले गतबर्षको अक्टोबरमा डिपेन्डेन्टका रुपमा श्रीमती र छोराछोरीलाई अमेरिका ल्याएका थिए । नेपालमा स्थायी घर हेटौडा भएका उनीहरु गत शुक्रबारपछि जुलाई ४ को लामो सप्ताहन्तविदा भएका कारण साथीलाई भेट्न सन्तोष आफैले गाडी चलाएर टेक्सास जाँदै थिए । त्यसैक्रममा बीच बाटोमा दुर्घटना भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गतमहिना टेक्सासको टाइलरमा ६ जना नेपाली चढेको कारलाई पिकअप ट्रकले ठक्कर दिंदा २ जना नेपालीहरुको मृत्यु भएको र अरु ४ जना घाइते भएको घटना सेलाउन नपाउदै यो घटना भएको हो । टेक्सासको दुर्घटनामा ३४ बर्षका बर्षका श्रृजन ज्ञवाली र ११ बर्षका बालक इमेज कार्कीको मृत्यु भएको थियो ।

खराब मौषमपछि घरमा विद्युत आपूर्तिमा अवरोध भएपछि ६ जना नै एउटै गाडीमा चढेर साथीको घरतिर जाँदै गर्दा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते गंगा कार्कीले सन् २०१८ मा पनि दुर्घटनामा परेर कैयन महिना अस्पतालमा विताउनुपरेको थियो । पुरानो दुर्घटनाबाट स्वास्थ्यलाभ गरिरहेको अवस्थामा नयाँ दुर्घटनाको सामना गर्नुपरेको हो ।

(रायन लाम्गादे र सुस्मिता राईको सहयोगमा)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com