२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
अन्तर्राष्ट्रिय

आदिपुरुषको टिकटको मूल्य दुई पटक घटाएपनि आम्दानीमा वृद्धि हुन सकेन्

लगातार दुई पटक टिकटको मूल्य घटाए पनि आदिपुरुष फिल्मको बक्स अफिस कलेक्सनमा खासै वृद्धि हुन सकेको छैन ।

रिलिजको दोस्रो हप्तामा फिल्मले भारतमा १४ करोड मात्रै कमाउन सकेको छ ।

फिल्मको कमाईको तथ्यांक संकलन गर्ने वेबसाइट सकनिल्कका अनुसार फिल्मले दोस्रो आइतबार मात्र ६ करोड कमाउन सकेको छ ।

ओम राउतको निर्देशनमा बनेको फिल्मले रिलिजको पहिलो दिन नै हिन्दी सिनेमाको सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्मको कीर्तिमान बनाएको थियो ।

रिलिजको पहिलो हप्तामा फिल्मले ठूलो सफलता हासिल गर्यो र आदिपुरुषले हिन्दी भाषामा मात्रै ११३ करोड कमाएको थियो। तर, धमाकेपछि ‘आदिपुरुष’को सङ्ग्रह लगातार घट्दै गएको छ ।

विवादको छायामा फिल्म

विवादित संवादका कारण यो फिल्म प्राय समीक्षकको निशानामा छ । फर्किएका दर्शकले पनि फिल्म र यसका संवादलाई लिएर निराशा व्यक्त गरेका छन् ।

त्यसपछि दर्शकको भावनालाई ध्यानमा राख्दै फिल्मका केही संवादमा पनि परिवर्तन गरिएको छ । चलचित्रका संवाद लेखक मनोज मुन्तासिर हुन् ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →