अमेरिकाबाट विदाइ हुँदै राजदूत राईले भन्नुभयो -‘विदेशमा बस्ने नेपालीबाट देशले धेरै आशा गरेको छ’


प्रकाशित मिति : असार १०, २०८० आईतबार

संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका स्थायी प्रतिनिधि तथा राजदूत अमृतबहादुर राईले विदेशमा बस्ने नेपालीहरुबाट नेपालले धेरै आशा राखेको बताउनुभएको छ । आफ्नो ४ बर्षे कार्यकाल सकेर नेपाल फर्कने क्रममा न्युयोर्कमा नेपाली संघ संस्थाबाट आयोजित विदाई कार्यक्रममा बोल्दै राईले गैर आवासीय नेपाली नागरिकताको व्यवस्था गर्ने ऐन बनिसकेकाले अब विदेशमा बस्ने नेपालीहरुले नेपालका लागि थप सोंच्ने बेला आएको बताउनुभयो ।

विदेशमा बस्ने नेपालीहरुबाट नेपालले ज्ञान, सिप र लगानीको अपेक्षा गरेको उल्लेख गर्दै कैयन नेपालीको चाहेको नागरिकताको निरन्तरता पनि भविश्यमा सम्भव रहेको बताउनुभयो । अहिले गैर आवासीय नागरिकता एउटा खुड्कीलो रहेको तथा नागरिकताको निरन्तरताका बारेमा बहस चलाउदै जान सकिने उहाँले बताउनुभयो । कुनै पनि कुरा अपरिवर्तनीय नरहेको तथा नागरिकता ऐन तथा संविधान समेत संसोधन हुनेसक्नेतर्फ संकेत गर्दै उहाँले सबैको चाहना भएमा र समय अनुशार आवश्यकता महसुस भएमा भविश्यमा नागरिकताको निरन्तरता पनि सम्भव हुने उहाँले बताउनुभयो ।

नेपालले अगाडिको बाटो कसरी तय गर्नुपर्छ भन्ने सन्दर्भमा नेपाली डायस्पोराले बौद्धिक बहस चलाउनुपर्ने र त्यस्ता बहसहरुमा सहभागी हुनुपर्ने राईले बताउनुभयो । त्यसो भएमा नेपालको नीतिहरुलाई ठीक ढंगले अंगिकार गर्न सहयोग गर्ने उहाँले उल्लेख गर्नुभयो । अमेरिकामा बसेर फराकिलो दृष्टिकोणसहित नेपालमा चल्ने बहसहरुमा बौद्धिक डिस्कोर्सहरु चलाएमा र नेपालले लिनुपर्ने बाटोका बारेमा छलफलमा सहभागी भएमा फलदायी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालले विदेशमा बस्ने नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्न नसक्नु विसंगत अवस्था रहेको बताउँदै यसपटक अर्थमन्त्रीले आगामी दिनमा नेपालले विदेशमा बस्ने नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्ने कुरा उल्लेख गर्नु सकारात्मक रहेको राईले बताउनुभयो । अब नेपालले विदेशमा बस्ने नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्न नेपाल सरकार सफल हुने कुरामा आशावादी हुन सकिने उहाँले बताउनुभयो ।

राजदूत राईले नेपालको वैदेशिक सम्बन्धको वर्तमान अवस्थाबारे समेत बोल्नुभएको थियो । उहाँले लिच्छवीकालदेखि अहिलेसम्मको नेपालको अवस्थाको बर्णन गर्दै पञ्चायतकालमा विश्वका कुटनीतिक मञ्चमा नेपालको स्थान बलियो रहेको र अहिले कमजोर रहेको भन्दै गरिने तर्कहरु गलत रहेको बताउनुभयो । त्यतीबेला विश्वको धु्रविकरण र विश्व राजनीतिका कारण नेपाललाई अमेरिका, रुस जस्ता देशहरुले प्राथमिकता दिने गरेको तर अहिले विश्वको राजनीति फरक रहेको उहाँले उल्लेख गर्नुभयो ।

विश्वको कुटनीतिक मञ्चमा नेपालको अवस्थामा विगतको तुलनामा बलियो र प्रभावकारी बन्दै गएको समेत उहाँले दावी गर्नुभयो । केहीदिन अगाडि मार्शल आइल्याण्डसँग नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएको र नेपालले कुटनीतिक सम्बन्ध स्थापना गरेका देशहरुको संख्या १८१ पुगेको उल्लेख गर्दै राष्ट्रसंघको सदस्य रहेका १९२ देशहरुमध्ये अब ११ देशसँगमात्र कुटनीतिक सम्बन्ध कायम गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

न्युयोर्कको क्वीन्स उडसाइडको ठमेल एनवाईसीमा भएको विदाई कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले राजदूत राईले स्थायी नियोग र विगतमा महावाणिज्यदूतावासमा रहँदा गरेका कामको प्रशंसा गर्दै आगामी दिनका लागि शुभकामना दिएका थिए । न्युयोर्कका झण्डै आधा दर्जन संघ संस्थाको संयुक्त आयोजनामा गरिएको विदाई कार्यक्रममा राजदूत राईलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । राजदूत राई आगामी जुलाई २ मा नेपाल फर्कदै हुनुहुन्छ ।

कभर तस्वीरमा राई दम्पत्ति ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com