अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पले आणविक हतियार सम्बन्धि कागजात बाथरुममा राखेका थिए


प्रकाशित मिति : जेष्ठ २६, २०८० शुक्रबार

Donald J. Trump (Official White House Photo by Tia Dufour)

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आणविक र सैन्य योजनासम्बन्धी जानकारी समावेश भएका सयौँ गोप्य कागजातहरू गलत प्रयोग गरेको आरोप लागेको छ। ट्रम्पमाथि आफ्नो फ्लोरिडा एस्टेटको बलरूम र बाथरुममा गोप्य कागजातहरू राखेको र अनुसन्धानकर्ताहरूलाई झुटो बोलेको आरोप छ। उनीमाथि अनुसन्धानमा बाधा पुर्यााउन खोजेको पनि आरोप लगाइएको छ ।

सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा लड्ने घोषणा गरेका ट्रम्पले आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन् । ट्रम्पका सहयोगी वाल्ट नाउटाविरुद्ध पनि मुद्दा दायर गरिएको छ । उनीमाथि एफबीआईबाट कागजातहरु लुकाउनका ह्वाइट हाउसका एक पूर्व सैन्य भ्यालेटलाई सरुवा गरेको आरोप छ।

कुनै पनि पूर्व अमेरिकी राष्ट्रपतिमाथि यस्तो आरोप लगाइएको यो पहिलो पटक हो । ४९ पृष्ठको अभियोगमा उनले अमेरिकी आणविक कार्यक्रम, अमेरिका र अन्य देशको रक्षा र हतियार क्षमता, सैन्य आक्रमणका लागि अमेरिका र त्यसका सहयोगीहरूको सम्भावित कमी, कुनै पनि विदेशी आक्रमणको जवाफमा आक्रमण गर्नेलगायतका गोप्य जानकारी राखेको उल्लेख छ ।

अभियोजकका अनुसार जब ट्रम्पले पद छोडे, उनले लगभग ३ सय गोप्य फाइलहरू आफ्नो पाम बीचको घरमा लगे, जुन एक महँगो निजी सदस्य क्लब पनि हो । घरमा रहेको बलरुममा धेरै कार्यक्रम भएका छन् जसमा हजारौंको सहभागिता रहेको थियो । यो त्यही बलरूम हो जसमा वर्गीकृत कागजातहरू फेला परेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केही गोप्य फाइलहरू कार्यक्रम आयोजना हुने बलरूममा बनाइएको स्टेजमा राखिएको बताइएको छ। सन् २०२१ मा ट्रम्पले सेक्युरिटी क्लियरेन्स बिना एक लेखक र उनका दुई कर्मचारीलाई गोप्य कागजात देखाएको आरोप पनि लगाइएको छ । –बीबीसी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com