नेपालमा दादुराको संक्रमण बढ्दो : दादुरा रोग के हो ? दादुरा लागेमा के गर्ने ? (टिप्ससहित)


प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार

नेपालमा पछिल्लो समय केही ठाउँमा दादुराको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुराबाट बच्न अपनाउन पर्ने रोकथामका विषयमा समेत गराउँदै आएको छ । हामिले यस लेखमा के हो दादुरा ? यसबारे कसरी बच्ने ? विषयमा जानकारी गराएका छौं ।

दादुरा के हो ?
दादुरा मिजल्स् भाइरसबाट हुने अति संक्रामक रोग हो । यो रोग कुनै पनि उमेरको मानिसलाई र विशेष गरि बालबालिकालाई लाग्न सक्दछ । अति संक्रामक भएको कारणले गर्दा, यो रोगले छिट्टै महामारीको रूप लिन सक्दछ । यो रोग संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा वा श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ ।

दादुराका चिन्ह वा लक्षणहरु

– उच्च ज्वरो आउनु

– खोकी लाग्नु

– आँखा रातो हुनु

– नाकबाट पानी बग्नु

– शरीरमा राता मसिना बिमिराहरु देखिनु

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो रोग लागेमा झाडापखाला लाग्ने, कुपोषण हुने। कान पाक्ने, श्वासप्रश्वासको कडा संक्रमण (निमोनिया) हुने, आँखामा समस्या भई अन्धोपन हुने, मस्तिष्कमा कडा खालको सुजन हुने वा मस्तिष्क ज्वरो आउने, कम्पन हुने, जस्ता जटिलताको कारण मृत्यु पनि हुन सक्ने सम्भावना हुन्छ । त्यसैले दादुराका चिन्ह वा लक्षणहरू देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्दछ ।

दादुराको विरामी पत्ता लागेमा गरिने उपचार तथा व्यवस्थापन

– शंकास्पद विरामीहरूमा दादुराको लक्षण देखापरेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने ।

– महामारी फैलन नदिन शंकास्पद विरामीहरूलाई आइसोलेसनमा राख्ने ।

– हाच्छिउँ गर्दा, खोक्दा नाक र मुख सफा रुमालले छोप्ने ।

– व्यक्तिगत सरसफाईमा बिशेष ध्यान दिने । बेला बेलामा साबुन पानीले मिचिमिची हात धुने ।

– संक्रमित व्यक्तिलाई भिडभाड भएका सार्वजनिक ठाउँहरू नलैजाने र नपठाउने । घर भित्र हावा ओहोरदोहोर हुने, सफा र घाम लाग्ने कोठामा राख्ने ।

– संक्रमित बालबालिकालाई स्याहार गर्ने व्यक्तिले मास्क लगाइरहने ।

– दादुरा संक्रमित बालबालिकालाई साविक भन्दा बढी पोषिलो खानेकुरा खुवाउने गरौं । दादुरा भएका प्रत्येक बालबालिकालाई स्वास्थ्यकर्मीको सल्लाह अनुसार भिटामिन ए खुवाउनु पर्दछ ।

दादुराबाट बच्न अपनाउन पर्ने रोकथामका उपायहरू

– ९ महिना र १५ महिनाका बालबालिकालाई दादुरा-रूबेला मिश्रित २ मात्रा खोप अनिवार्य लगाउने ।

– ५ वर्ष मुनि बालबालिका दादुरा-रूबेला खोप लगाउन छुट भएमा नजिकको स्वास्थ्य संस्थामा खोप लगाउने ।

– दादुरा-रूबेला भएको विरामीको सम्पर्कबाट टाढा रहने ।

– ६ महिना देखि ५ वर्ष सम्मका बालबालिकालाई वर्षको २ पटक वैशाख र कार्तिक महिनामा भिटामिन ए क्याप्सुल खुवाउने ।

– बालबालिकालाई कुपोषण हुनबाट बचाउन पोषिलो खानेकुराहरू खुवाउने र सरसफाईमा ध्यान दिने ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com