जथाभावी फालेको फोहरले बैतडीको बजारक्षेत्र दुर्गन्धित


प्रकाशित मिति : जेष्ठ २६, २०८० शुक्रबार

बैतडीको तल्लोस्वराड क्षेत्रको व्यापारिक केन्द्रका रूपमा चिनिँदै आएको मेलौली बजार क्षेत्र अव्यवस्थित फोहरका कारण दुर्गन्धित बन्दै गएको छ । तल्लोस्वराड क्षेत्रको प्रवेशद्वारका रूपमा समेत चिनिने मेलौली बजार क्षेत्रमा जथाभावी फालिएको फोहरले दुर्गन्धित बनेको हो ।

जताततै फालिएको फोहरले मेलौली बजारसँगै वसपार्क क्षेत्र दुर्गन्धित बनेको स्थानीय व्यवसायी मोहनसिंह नेगीले बताउनुभयो । नगरपालिका कार्यालय जोड्ने बाटोसमेत पर्ने बजार क्षेत्रमा जथाभावी फालिएको फोहरका कारण कुरुप बन्दै गएको छ ।

जताततै फोहर थुपार्दा सास्ती भोग्नुपरेको स्थानीय देवबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयोे, “जततातै फालिएको फोहरले एकदमै सास्ती भइरहेको छ । सहजरूपमा हिँडडुल गर्न समस्या छ । दुर्गन्धले एकातिर हिँडडुल गर्न समस्या छ भने अर्कोतिर श्वास फेर्न गाह्रो भइरहेको छ ।”

नगरपालिकाको फोहर पनि सडक किनारमै फालिने गरेको गुनासोसमेत रहेको छ । फोहरले नाली र होमपाइप जाम भएका छन् । सिसाका बोतल, प्लाष्टिकलगायतका फोहर जथाभावी फाल्दा खेतबारीमा काम गर्नै समस्या भइरहेको स्थानीय भागरथी चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “फोहरले खेतबारीमा पनि काम गर्न असहज भइरहेको छ । सिसा, प्लाष्टिक, कार्टुनलगायतका फोहरले घाँज काट्न समस्या हुने गरेको छ । बालबालिकालाई पनि हिँडडुल गर्न समस्या छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जथाभावी फालिएको फोहरले मानव स्वास्थ्यमा पनि गम्भीर असर पर्ने स्वास्थ्यकर्मीले जनाएका छन् । नगरपालिकासँग फोहर व्यवस्थापनका लागि पटक–पटक आग्रह गर्दा पनि कुनै पहल नभएको स्थानीयको आरोप छ । फोहर व्यवस्थापनका लागि नगरपालिकालाई पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको व्यवसायी नेगीले बताउनुभयो । उहाँले भन्नुभयो, “बजार क्षेत्रमा जथाभावी फालिने फोहर व्यवस्थापनका लागि नगरपालिकालाई पटक–पटक गुहारिसक्यौँ तर कुनै चासो दिएको छैन ।”

नगरपालिकाले फोहर व्यवस्थापन गर्ने भने पनि डम्पिङसाइट नहुँदा समस्या भएको मेलौली नगरपालिकाका उपप्रमुख पार्वती विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “अव्यवस्थित फोहर व्यवस्थापनका लागि डम्पिङसाइटका लागि ठाउँ खोजिरहेका छौँ । डम्पिङसाइटकोे टुङ्गो लागेपछि जतिसक्दो चाँडो फोहर व्यवस्थापन गर्छौँ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com