डेढदशक लामो प्रयासपछि न्युयोर्कका नेपालीहरुको आफ्नै भवनमा नेपाली मन्दिर स्थापना


प्रकाशित मिति : जेष्ठ २४, २०८० बुधबार

झण्डै डेढ दशक लामो अथक प्रयास र लामो प्रतिक्षा पश्चात न्युयोर्कका नेपालीहरुले आफ्नै भवनमा नेपाली मन्दिर स्थापना गर्न सफल भएका छन् । रिजउड नेपाली समाजको अगुवाईमा दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्रका लागि मे २३ मा आफ्नै भवन खरिद गरेपछि नेपाली मन्दिर स्थापना गरिएको हो ।

संस्थाका अध्यक्ष राजेश भट्टले क्विन्सको रिजउडमा अवस्थित उक्त भवनमा मन्दिर कक्ष, हल, ४ वटा अपार्टमेन्ट र ३ वटा अफिस स्पेश रहेको जानकारी दिएका छन् । उक्त भवन १९ लाख ९० हजार डलरमा खरिद गरेको र संस्थाका केहि सदस्यहरुले पर्सनल ग्यारेन्टी बसी ९ लाख ९० हजार डलर ऋण लिएको उनले बताए ।

यसअघि सन् २०१० र २०१७ मा दुई महापुराण लगाएर मन्दिर स्थापनका लागि विभिन्न संस्था र व्यक्तिहरुले झण्डै साढे २२ लाख डलर रकम दिने प्रतिबद्धता दिएका थिए । अहिलेसम्म लगभग १० लाख डलर उठिसकेको छ भने झण्डै साढे १२ लाख डलर रकम उठ्न बांकी छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘ हामीलाई विश्वास छ हाम्रा साथीहरुले कबुल गरेको रकम चांडै नै उपलब्ध गराउनु हुनेछ,’ अध्यक्ष राजेश भट्टले भने । त्यो रकम आएमा मन्दिरको व्यवस्थापन, भवनको पुर्ननिमाण लगायत धेरै कुरामा सहज हुनेछ।’

न्युयोर्कमा रहेको महावाणिज्यदूतावासका वाणिज्यदूत गणेश अधिकारीले मन्दिरलाई आफ्नै भवनमा ल्याउन सफल भएकोमा सबैलाई बधाई दिएका छन् । संस्थाले गत जनवरी देखि हल भाडामा दिएर विभिन्न कार्यक्रम, पुजाआजा तथा बालबालिकाहरुकमा लागि हरेक आइतबार नेपाली भाषाको पढाई र नृत्य कक्षाहरु संचालन गरिरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com