शरणार्थीलाई अमेरिकी डलर नदिने युएनको घोषणा


प्रकाशित मिति : जेष्ठ १३, २०८० शनिबार

संयुक्त राष्ट्रसङ्घ ९युएन०ले लेबनानमा रहेका सिरियाली शरणार्थीलाई अमेरिकी डलरमा नगद सहायता नदिने घोषणा गरेको छ । आगामी महिनाको नगद सहायता अमेरिकी डलरमा नदिने निर्णय भएको युएनले जनाएको छ । यद्यपि उक्त निर्णय अस्थायी हो ।

राष्ट्रसङ्घले लेबनानमा शरण लिइरहेका शरणार्थीलाई नगद सहायता दिने उपयुक्त ढाँचाका सम्बन्धमा लेबनानी अधिकारीहरूसँग छलफल भइरहेको बताएको छ । लेबनानका कार्यवाहक सामाजिक मामिला मन्त्री हेक्टर हज्जरले शुक्रबार सिरियाली शरणार्थीहरूलाई अमेरिकी डलरमा सहायता दिन अस्वीकार गरेपछि युनएनले यस्तो निर्णय गरेको हो ।

लेबनानी अधिकारीले सिरियाली शरणार्थीलाई उनीहरूको मातृभूमिमा सुरक्षित फिर्ताको लागि काम गरिरहेका बताउँदै मन्त्री हज्जरले अन्तर्राष्ट्रिय समुदायलाई प्रयासमा सहयोग गर्न आग्रह गरेको छ । करिब २० लाख सिरियाली शरणार्थीले लेवनानमा शरण लिएका अनुमान छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com