ह्वाइटहाउस नजिकको सुरक्षा ब्यारियरमा टिनएजरले ठोक्काए ट्रक, राष्ट्रपतिलाई मार्न खोजेको अभियोग


प्रकाशित मिति : जेष्ठ ९, २०८० मंगलबार

एक व्यक्तिले सोमबार राति व्हाइट हाउस नजिकैको सुरक्षा ब्यारियरमा ट्रक जोतेपछि अधिकारीहरूले सम्भावित आशययुक्त घटनाको रूपमा अनुसन्धान गरिरहेका छन्। चेस्टरफिल्ड मिजौरीका १९ वर्षीय साई वर्षित कान्डुलालाई हिरासतमा राखिएको छ ।

कान्डुलाविरुद्ध राष्ट्रपति, उपराष्ट्रपति वा उनीहरुका परिवारका सदस्यलाई मार्ने वा हानि पुर्‍याउने धम्कीलगायत धेरै आरोपहरू लगाइएको छ । घटनामा कुनै एजेन्सी वा ह्वाइट हाउसका कर्मचारीहरूलाई कुनै चोटपटक भने लागेको छैन।

ट्रक राति १० बजेभन्दा ठीक अगाडि १६ औं स्ट्रिटको लाफेएट स्क्वायरको उत्तर तर्फको सुरक्षा अवरोधमा ठोक्किएको थियो । प्रारम्भिक अनुसन्धानले चालकले जानाजानी गाडी ठोक्काएको हुनसक्ने पत्ता लागेको सेक्रेट सर्भिसले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक प्रत्यक्षदर्शीले खिचेको भिडियोमा ड्राइभरले गति बढाउनु अघि २६ फिटको चलिरहेको ट्रकलाई लाफेएट स्क्वायर नजिकै फुटपाथमा रोकेको देखाएको थियो । त्यसपछि चालकले गाडी कुदाएर ह्वाइट हाउस कम्प्लेक्समा अनधिकृत सवारीसाधनको ट्राफिकलाई रोक्न राखिएको सुरक्षा बोलार्डको सेटमा ठोक्काएको देखिएको छ ।

घटनापछि ट्रकलाई बम प्राविधिकहरूले अनुसन्धान गरेका थिए । तर कुनै विस्फोटक वा आगजनी यन्त्रहरू फेला परेनन् । एउटा भिडियोमा टाढाबाट संचालित पुलिस रोबोट ट्रकको पछाडि आउँदै गरेको र कार्गो ढोका उठाइरहेको देखाउँछ । त्यसपछि एफबीआईका बम टेक्निसियनले गाडीको निरीक्षण गरेको देखिएको छ ।

ट्रकबाट बरामद भएका वस्तुहरूमध्ये स्वस्तिक जस्तो देखिने झण्डा, कालो झोला र डक्ट टेपको रोल छन्। कान्डुलाले घटनास्थलमा ह्वाइट हाउसको बारेमा धम्कीपूर्ण टिप्पणी गरेको समेत जनाइएको छ । उनीविरुद्ध खतरनाक हतियार प्रहार, गाडीको लापरवाह चलाई, संघीय सम्पत्तिको विनाश र अनाधिकृत प्रवेश गरेको अभियोग पनि चलिरहेको पार्क प्रहरीले जनाएको छ ।

अधिकारीहरूले दुर्घटनाको अनुसन्धान गरिरहदा सडक बन्द गर्नु परेको थियो । सेक्रेट सर्भिसको अनुरोधमा नजिकैको हे एडम्स होटेल खाली गरिएको थियो । केही समयपछि प्रहरीले सुरक्षित ठानेपछि होटलका पाहुना र कर्मचारीलाई भित्र पस्ने अनुमति दिइएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com