चीनसँग ‘स्थिर’ सम्बन्ध चाहेको जी–सेभेनका नेताहरूको भनाइ


प्रकाशित मिति : जेष्ठ ६, २०८० शनिबार

US President Joe Biden (2nd L) sits with Comoros President Azali Assoumani (L), Brazil’s President Luiz Inacio Lula de Silva (2nd R) and Canadian Prime Minister Justin Trudeau (R) at a working session during the G7 Leaders’ Summit in Hiroshima on May 20, 2023. (Photo by Susan Walsh / POOL / AFP)

आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) का नेताहरूले एशिया–प्रशान्त क्षेत्रमा चीनले गरिरहेको ‘सैन्य गतिविधि’लाई लिएर शनिबार चासो व्यक्त गरेका छन् ।

हिरोसिमामा भएको शिखर सम्मेलनमा जारी अन्तिम वक्तव्यमा उनीहरूले चीनको आर्थिक र सैन्य गतिविधिबारे चिन्ता व्यक्त गर्दै चीनको यस सन्दर्भमा ‘स्थिर र रचनात्मक’ सम्बन्ध रहनुपर्ने बताएका छन् ।

उनीहरूले सहकार्यका लागि ढोका खुला राख्न र विश्वको दोस्रो ठूलो अर्थतन्त्र, प्रमुख पश्चिमी शक्तिहरू र जापानबीचको तनावलाई थप भड्काउनबाट जोगाउन पनि खोजेको बताएका छन् ।

“चीनसँग खुलेर कुरा गर्ने र प्रत्यक्ष रूपमा आफ्ना चिन्ता व्यक्त गर्ने महत्वलाई बुझेर हामी चीनसँग रचनात्मक र स्थिर सम्बन्ध निर्माण गर्न तयार छौं,” समूहले भनेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“हाम्रो नीतिगत दृष्टिकोण चीनलाई हानि पु¥याउने उद्देश्यले डिजाइन गरिएको होइन, न त हामी चीनको आर्थिक प्रगति र विकासलाई अवरुद्ध गर्न चाहन्छौं,” विज्ञप्तिमा भनिएको छ । जी–सेभेन राष्ट्रहरूले ‘छुट्टाउने वा हस्तक्षेप’ गर्ने काम गरिनरहेको बताएका छन् ।

तैपनि, यो भाषाले कूटनीतिक विवादमा व्यापारिक उपायहरू लागू गर्न बेइजिङको इच्छा र संवेदनशील आपूर्ति शृङ्खलाहरूलाई चिनियाँ प्रभावबाट हटाउन जी–७ को दृढताको बारेमा समूहको व्यापक चिन्तालाई स्पष्ट पारेको थियो ।

सम्मेलनमा समूहले आर्थिक लचिलोपनका लागि जोखिम कम गर्न र विविधीकरण गरिरहेको र महत्वपूर्ण आपूर्ति शृङ्खलामा अत्यधिक निर्भरता कम गर्ने प्रतिबद्धता व्यक्त गरिएको जनाएको छ ।

दक्षिण चीन सागरमा चीनको ‘सैन्यीकरण’ विरुद्ध चेतावनी दिँदै समूहले ताइवान टापू क्षेत्रमा ‘शान्ति र स्थिरता’ विश्व सुरक्षाका लागि ‘अपरिहार्य’ रहेको दोहो¥याएको छ ।

समूहले चीनलाई रूससँगको आफ्नो प्रभाव प्रयोग गरी आफ्नो सैन्य आक्रामकता रोक्न र युक्रेनबाट तत्काल, पूर्ण र बिनाशर्त आफ्ना सेना फिर्ता लिन आग्रह गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com