ट्रम्प यौन दुर्व्यवहारमा दोषी ठहर, महिलालाई ५० लाख डलर तिर्नुपर्ने


प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार

न्यूयोर्कको एक अदालतले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर गरेको छ ।एक पत्रिकाकी लेखिका इ जीन क्यारोलले सन् १९९० मा उनलाई यौन दुर्व्यवहार गरेको र झुटो भनेर बदनाम गरेको आरोप लगाएकी थिइन् ।

छ जना पुरुष र तीन महिलाको निर्णायक मण्डलले क्यारोललाई क्षतिपूर्ति दिलाउने निर्णय गरेको हो । एक दर्जनभन्दा बढी महिलाहरूले ट्रम्पमाथि वर्षौंदेखि यौन दुर्व्यवहारको आरोप लगाएका छन्, तर यो एक मात्र आरोप हो जुन निर्णायकले पुष्टि गरेको छ।

ट्रम्पले क्यारोललाई ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने निर्णय अदालतले गरेको छ । यद्यपि अदालतले डिपार्टमेन्ट स्टोरमा क्यारोललाई बलात्कार गरेको आरोपमा भने ट्रम्पलाई जिम्मेवार पाएन किनभने मुद्दा फौजदारी अदालतमा नभई सिभिल कोर्टमा चलिरहेको थियो।

woman in gold dress holding sword figurine

ट्रम्प दुई सातासम्म म्यानहट्टन फेडरल कोर्टमा चलेको सुनुवाइमा उपस्थित भएका थिएनन् भने उनले आफूमाथिका आरोपहरूलाई अस्वीकार गरेका थिए ।

अदालतले क्यारोललाई ५० लाख तिर्न आदेश दिएकोमा ट्रम्पले गरेको मानहानिको लागि ३० लाख डलर र सन् १९९० को दशकमा गरेको यौन दुर्व्यवहार सहित दुर्व्यवहारको लागि २० लाख डलर तिर्नुपर्नेछ ।

डोनाल्ड ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथमा अदालतको यो निर्णयको प्रतिक्रिया दिएका छन्। उनले आफूलाई यी महिला को हुन् भन्ने बिल्कुलै थाहा नभएको र यो निर्णय अपमानजनक भएको बताएका छन् ।

पूर्व राष्ट्रपति ट्रम्पका प्रवक्ताले विज्ञप्ति जारी गर्दै यो डेमोक्र्याटिक पार्टीले ट्रम्पविरुद्ध चलाएको अभियान भएको र यो राजनीतिक रूपमा प्रेरित झुटो मुद्दा भएको बताएका छन् । ट्रम्पको टोलीले उक्त निर्णयविरुद्ध पुनरावेदन गर्ने बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com