बुद्ध जयन्तीको अवसरमा ५ मेमा पोर्चुगलको लिस्वनमा बृहत शोभा यात्रा


प्रकाशित मिति : बैशाख १८, २०८० सोमबार

२५६७ औँ बुद्ध जयन्तीको अवसरमा ५ मे २०२३ को दिन पोर्चुगलको राजधानी लिस्वनमा बृहत शोभा यात्राको आयोजना गरिने भएको छ । अवैतनिक नेपाली महाबाणिज्यदूत एवं २५६७ औँ बुद्ध जयन्ती मुुल आयोेजक समारोह समिती लिस्बन पोर्चुगलका संयोजक मकर हमालले वक्तव्यमार्फत कार्यक्रमबारे जानकारी दिनुभएको हो ।

बुद्ध जयन्तीको शोभा यात्रालाई सभ्य र भब्य रुपमा सम्पन्न गरी प्रवासमा बुद्धभुमि नेपाल र नेपालीको पहिचानको प्रचार–प्रसार गर्ने यस अभियानमा सरिक हुन पोर्चुगलबासी सम्पूर्ण नेपाली बुवाआमा, दाजुभाई तथा दिदीबहिनी सबैमा अनुरोध गरिएको छ । बुद्धको पुजा बिहान १० बजेदेखि रुआ अल्वारो कोटिन्हो २ बी मा सुरु हुनेछ भने सोही दिन दिउँसो ३ बजेदेखि प्रासा दि कमर्सियोबाट सुरु हुने शोभा यात्रा विभिन्न स्थान हुँदै मार्टिम मुुनिजमा आएर कोण सभामा परिणत हुनेछ ।

अवैतनिक नेपाली महाबाणिज्यदूत एवं २५६७ औँ बुद्ध जयन्ती मुुल आयोेजक समारोह समिती लिस्बन पोर्चुगलका संयोजक मकर हमाल

यस अवसरमा पोर्चुगलमा रहेका सम्पूूर्ण संघ संस्था, नेपाली समुदाय, सामाजिक अभियन्ता, व्यवसायी, बुद्धिजीवि, पत्रकार लगायत सम्पूर्णलाई भगवान बुद्धको फोटो र बुद्ध उपदेश अंकित प्ले कार्ड, नेपालको राष्ट्रिय झण्डा र आ–आफ्नो समुदायको भेषभूषामा उपस्थित भई शोभा यात्रालाई भब्य र आकर्षक बनाउन आ–आफनो स्थानबाट सहयोग गर्न अनुरोध गरिएको छ । शोेभा यात्रामा उत्कृष्ट भेषभूषा, लाइन व्यवस्थापन गर्ने, कला संस्कृति झल्कने झाँकी प्रदर्शन गर्ने समुहलाई पुुरस्कृृत गरिने हमालले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com