रुसी धम्कीको जी सेभनद्वारा निन्दा
प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार
Clockwise from left, British Foreign Secretary James Cleverly, German Foreign Minister Annalena Baerbock, U.S. Secretary of State Antony Blinken, Japan’s Foreign Minister Yoshimasa Hayashi, Canadian Foreign Minister Melanie Joly, French Foreign Minister Catherine Colonna, Italy’s Foreign Minister Antonio Tajani and Deputy Secretary-General of the European External Action Service (EEAS) Enrique Mora pose for photographs at the start of the fifth working session of a G7 Foreign Ministers’ Meeting at the Prince Karuizawa hotel in Karuizawa, Japan Tuesday, April 18, 2023. (Yuichi Yamazaki/Pool Photo via AP)
उन्नत अर्थतन्त्र भएका युरोपेली सङ्घसहित सात राष्ट्रको अन्तरसरकारी अन्तरराष्ट्रिय राजनीतिक मञ्च जी सेभनले बेलारुसमा आणविक हतियार तैनाथ गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणाको निन्दा गर्दै त्यसलाई अस्वीकार्य भनेको छ ।
क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाका अतिरिक्त युरोपेली सङ्घ सदस्य रहेको उक्त मञ्चका विदेशमन्त्रीहरूको नागानोको कारुइजावामा भएको बैठकपछि रुसी राष्ट्रपतिको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो ।
बैठकले रुसमाथि लगाइएका प्रतिबन्ध छल्न नदिन र तेस्रो पक्षबाट हुनसक्ने हतियार आपूर्ति रोक्न पारस्परिक समन्वयलाई सुदृढ तुल्याउन सहमति जनाउँदै आपसी एकतामा जोड दिएको छ । साथै बैठकले कोरियाली प्रायद्वीप र ताइवानको जलक्षेत्रमा शान्ति एवम् स्थायित्व कायम गर्न आवश्यक भएकामा जोड दिएको छ ।
बैठकले अफगानिस्तानमा गैरसरकारी संस्था तथा संयुक्त राष्ट्रसङ्घीय निकायमा अफगान महिलालाई काम गर्न लगाएको प्रतिबन्ध तत्काल फिर्ता लिन माग गरेको छ । विदेशमन्त्रीहरूको बैठकले रुसलाईं सघाउने देशलाई कारबाही गर्ने चेनावनी पनि दिएको छ । युक्रेनमा युद्ध लड्न रुसलाई सहयोग गर्नेहरूले तयसको गम्भीर मूल्य चुक्ता गर्नुपर्ने चेतावनी बैठकले दिएको छ । विदेशमन्त्रीहरूले उत्तरकोरियालाई क्षेप्यास्त्र परीक्षणबाट टाढा रहन पनि आह्वान गरेका छन् ।
यसैगरी, बैठकले सुडानमा सङ्घर्षरत दुवै पक्षलाई अविलम्ब शत्रुता त्यागेर वार्तामा बस्न र त्यसबाटै सबै समस्याको समाधान खोज्न आह्वान गरेको छ । राष्ट्रसङ्घी अधिकारीहरूका अनुसार शनिबारदेखि विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीच भएको झडपमा परी करिब दुई सय जनाले ज्यान गुमाएका छन्भने एक हजार सय जना घाइते भएका छन् ।
यसअघि राष्ट्रपति पुटिनले बेलारुसमा आणविक हतियार भण्डारण गर्ने सुविधायुक्त स्थल आगामी जुलाई १ सम्ममा सम्पन्न हुने जनाउँदै बेलारुसका युद्धविमानलाई आणविक हतियार बोक्न सक्षम बनाउने गरी आधुनिकीकरण गर्न मद्दत गरिएको बताउनुभएको थियो ।





