नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु


प्रकाशित मिति : बैशाख ४, २०८० सोमबार

कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार आज एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।

आजै एक सय चार नयाँ सङ्क्रमित थपिएका हुन् । पाँच सय ७१ पिसीआर तथा एक हजार ६१ एन्टिजेन परीक्षण गरी जम्मा एक हजार छ सय ३२ नमूना परीक्षणमा एक सय चार जनामा सङ्क्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा अहिले कोरोना सङ्क्रमित ३४ आइसोलेशन, सात जना आइसीयु र तीन जना भेन्टिलेटरमा रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ७९ रहेका छन् ।

राष्ट्रियसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले बढ्दो कोरोनाको जोखिम न्यूनीकरणका लागि मन्त्रालयले विभिन्न तयारी गरिरहेको जानकारी दिनुभएको थियो । परिवार कल्याण महाशाखा अन्तर्गत बालस्वास्थ्य तथा खोपसेवा शाखाको प्रमुख डा अभियान गौतमले भन्नुभयो, “हामीसँग भएको फाइजर बुस्टर डोजको ३० लाख मात्रा मध्ये अहिले तीन लाख मात्र मौज्याद छ । बाँकी सबै स्थानीयमा खोप वितरण भएर खोप कार्यक्रम सञ्चालन भइरहेको छ ।”

डा गौतमले खोप लगाउन छुटेका व्यक्तिलाई केन्द्रमा राखेर खोप अभियान सञ्चालन भइरहेको भन्दै नजिकैको स्वास्थ्य केन्द्रबाट छुटेका सबैलाई पहिलो, दोस्रो र बुस्टर खोप लगाउन आग्रह गर्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com