ट्रम्पबिरुद्धको अभियोगपत्र सार्वजनिक, अर्को सुनुवाइ डिसेम्बर ४ मा, कस्ता सजाय हुनसक्छ? (पूर्ण पाठ)
प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको अभियोगपत्र सर्वसाधारणका लागि पनि सार्वजनिक गरिएको छ । उक्त अभियोगपत्र अदालतमा खोलिएकोमा बयान सकिए लगत्तै सार्वजनिक गरिएको हो ।
अभियोजकहरूले नकारात्मक जानकारी दबाउनको लागि गैरकानूनी योजनाको हिस्सा बनेको अभियोग ट्रम्पबिरुद्ध लगाएका छन् । जसमा पोर्न स्टारलाई १ लाख ३० हजार डलरको गैरकानूनी भुक्तानी सहित प्रतिवादीले चुनावी अभियानलाई चोट पुर्याउने नकारात्मक जानकारी दबाउन आदेश दिएको लगायत छन् ।
ट्रम्प विरुद्धको अभियोगमा उनी २०१६ को चुनावको अखण्डतालाई कमजोर पार्ने षड्यन्त्रमा संलग्न रहेको आरोप लगाइएको छ। ट्रम्पलाई फर्स्ट डिग्रीमा व्यापारिक रेकर्ड झूटो बनाउने ३४ वटा मुद्दामा अभियोग लगाइएको छ ।

अभियोग नम्बर ४१५४३ -२३ को अभियोगपत्रमा ट्रम्पविरुद्ध विभिन्न अपराधको आरोप लगाइएको छ । तर राज्यको सर्वोच्च अदालतका न्यायधिश जुआन एम मर्चन समक्ष ट्रम्पले दोषी भएको अस्वीकार गरेका छन् ।
ट्रम्प विरुद्धको आरोपहरू सबै ई श्रेणीका अपराधहरू हुन्, जुन न्यूयोर्कमा सबैभन्दा कम श्रेणीको अपराध हो। जसमा हरेक अपराधका लागि अधिकतम चार वर्षको जेल सजाय हुन्छ।
ट्रम्पको मुद्दाको अर्को व्यक्तिगत सुनुवाइको मिति डिसेम्बर ४ मा न्युयोर्कमा तय गरिएको छ।





