ट्रम्पबिरुद्धको अदालती कारवाही सुरु, ३४ वटा अभियोग, ट्रम्पबाट दोष अस्वीकार
प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार
Former President Donald Trump appears in court for his arraignment, Tuesday, April 4, 2023, in New York. Trump surrendered to authorities ahead of his arraignment on criminal charges stemming from a hush money payment to a porn actor during his 2016 campaign. (Andrew Kelly/Pool Photo via AP)
पूर्व राष्ट्रपति डोनाल्ड जे ट्रम्प विरुद्धको अभियोगपत्र अदालतमा खोलिएको छ । अभियोग नम्बर ४१५४३ २३ अनसिल गरिएको हो । ट्रम्पलाई ३४ वटा अपराधको आरोप लगाइएको छ । राज्यको सर्वोच्च अदालतका न्यायधिश जुआन एम मर्चन समक्ष ट्रम्पले दोषी भएको अस्वीकार गरेका छन् ।
आपराधिक आरोपहरूको सामना गर्ने अमेरिकाको इतिहासमा पहिलो पूर्व राष्ट्रपति ट्रम्प अभियोगको लागि अदालतमा प्रवेश गर्दा ट्रम्प मौन बसेका थिए । उनले कुनै रिपोर्टरको प्रश्नको जवाफ दिएनन् वा टिप्पणी गरेनन्।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका वकिल केहीबेर उभिएका म्यानहट्टन अदालतका काँचका ढोकाहरू काला बनाइएको थियो । यी ढोकाहरु सधैभरी अहिलेको जस्तो कालो हुँदैनन्। यो आज लिइएको अतिरिक्त सुरक्षा उपायहरू मध्ये एक हो।
ट्रम्पबिरुद्धको अभियोग २०१६ को राष्ट्रपति अभियानको क्रममा पोर्नस्टार स्टर्मी डेनियललाई गरिएको हरकम भुक्तानीसँग सम्बन्धित अनुसन्धानबाट उत्पन्न भएको हो।
संचारमाध्यमहरुलाई अदालती कार्यवाहीको भिडियो प्रत्यक्ष प्रसारण गर्न दिइएको छैन । तर सुनुवाइ सुरु हुनुअघि पाँच जना फोटोग्राफरलाई ट्रम्प र अदालतको तस्बिर खिच्न दिइएको थियो ।





