अदालत भित्र ट्रम्पको पहिलो तस्बिर सार्वजनिक
प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार
Former President Donald Trump appears in court for his arraignment, Tuesday, April 4, 2023, in New York. Trump surrendered to authorities ahead of his arraignment on criminal charges stemming from a hush money payment to a porn actor during his 2016 campaign. (Andrew Kelly/Pool Photo via AP)
आपराधिक आरोपहरूको सामना गर्ने अमेरिकाको इतिहासमा पहिलो पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्कको अदालतमा उपस्थित भइसकेका छन् । त्यहाँ उनले आफू दोषी भएको अस्वीकार गर्ने अपेक्षा गरिएको छ।
अभियोगको लागि अदालतमा प्रवेश गर्दा ट्रम्प मौन बसेका थिए । उनले कुनै रिपोर्टरको प्रश्नको जवाफ दिएनन् वा टिप्पणी गरेनन्।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका वकिल केहीबेर उभिएका म्यानहट्टन अदालतका काँचका ढोकाहरू सधैभरी अहिलेको जस्तो कालो हुँदैनन्। यो आज लिइएको अतिरिक्त सुरक्षा उपायहरू मध्ये एक हो।
उनले सामना गरिरहेका ३० भन्दा बढी अभियोगहरूको विवरण ग्रान्ड जुरी अभियोग अनसिल भएपछि खुल्नेछ। यो अभियोग २०१६ को राष्ट्रपति अभियानको क्रममा पोर्नस्टार स्टर्मी डेनियललाई गरिएको हरकम भुक्तानीसँग सम्बन्धित अनुसन्धानबाट उत्पन्न भएको हो।
समाचार आउटलेटहरूले अभियोग प्रत्यक्ष प्रसारण गर्न पाउनेछैनन् । एक न्यायाधीशले सोमबार राती मिडियाहरूको अनुरोध अस्वीकार गर्दै यसबारे प्रष्ट पारेका थिए । तर सुनुवाइ सुरु हुनुअघि पाँच जना फोटोग्राफरलाई ट्रम्प र अदालतको तस्बिर खिच्न दिइनेछ।





