ट्रम्पविरुद्धको अभियोग प्रत्यक्ष प्रसारण नहुने, तर कार्यवाहीको सुरुमा तस्बिरहरूलाई अनुमति दिइने
प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार
Journalists begin their morning reports outside Manhattan Criminal Court, Tuesday, April 4, 2023, in New York. Former President Donald Trump is expected to travel to New York to face charges related to hush money payments. Trump is facing multiple charges of falsifying business records, including at least one felony offense, in the indictment handed up by a Manhattan grand jury. (AP Photo/John Minchillo)
न्युयोर्क राज्यको अदालतमा आज पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियोग प्रसारण गर्न समाचार आउटलेटहरूलाई अनुमति नदिइने एक न्यायाधीशले सोमबार राती जानकारी दिएका छन् । तर उनले औपचारिक रूपमा कार्यवाही सुरु हुनु अघि केही फोटोग्राफरहरूलाई अदालतको कोठामा तस्विर लिन अनुमति दिनेछन्।

न्युयोर्कको सर्वोच्च अदालतका कार्यवाहक न्यायाधीश हुआन मर्चनले सीएनएनलगायत विभिन्न सञ्चारमाध्यमहरूले ऐतिहासिक कार्यवाही प्रसारण गर्ने अनुमतिको लागि गरेको अनुरोधलाई अस्वीकार गरेका हुन् । ट्रम्पको अभियोग एक सार्वजनिक कार्यवाही भएको तर समाचार क्यामेराहरूलाई सामान्यतया अदालतको कोठा भित्रबाट प्रसारण गर्न अनुमति नभएको उनले बताए ।

यद्यपि न्यायाधीशले पाँच पूल फोटोग्राफरहरूलाई कार्यवाहीको सुरुमा स्थिर तस्बिरहरू खिच्न अनुमति दिने छन् । उनीहरूलाई अदालतका कर्मचारीहरूले जूरी बक्स खाली गर्न निर्देशन नदिएसम्म फोटो खिच्न दिइनेछ ।

यसअघि सोमबार, ट्रम्पका वकिलहरूले न्यायाधीशलाई अदालतमा लाइभ क्यामेराको लागि मिडियाको अनुरोध अस्वीकार गर्न आग्रह गरेका थिए । म्यानहटन एटोर्नी जनरलको कार्यालयले न्यायाधीशलाई यसबारे कुनै अडान नभएको बताएका थिए ।





