क्यालिफोर्नियामा मृत फेला परेका २८ बर्षीय सुरेश बानियाको शव नेपाल पठाउन गोफण्डमी


प्रकाशित मिति : चैत्र २०, २०७९ सोमबार

क्यालिफोर्नियामा मृत फेला परेका २८ बर्षीय सुरेश बानियाको शव नेपाल पठाउन गोफण्डमीमा आर्थिक संकलन अभियान सुरु गरिएको छ । उनको शव नेपाल पठाईदिन आफन्तले गरेको आग्रह अनुशार त्यसमा लाग्ने खर्च जुटाउन गोफण्डमी सुरु गरिएको उल्लेख गरिएको छ । ४० हजार डलरको लक्ष्यसहित सुरु गरिएको अभियानमा अहिलेसम्म झण्डै ३५ सय डलर संकलन भएको जनाइएको छ ।

उनी क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा अप्रिल १ को बेलुका मृत फेला गरेका परेका थिए । पोखरा बाटुलेचौरका बानिया सानफ्रान्सिस्को ओफारेल स्ट्रिटमा रहेको अपार्टमेण्टमा मृत भेटिएका थिए । उनी अमेरिकाको कागजी प्रकृयामा रहेको र बाबा आमा एक भाईमा जेठा सन्तान रहेको गोफण्डमीमा उल्लेख छ ।

गोफण्डमीमा भनिएको छ – ‘जेठा सन्तान सुरेश परिवारको मुख्य आम्दानीको श्रोत थिए। पोखराको बाटुलेचौर बसोबास रहेका परिवार अहिले ठुलो पीडामा छन्। यो दुःखद समयमा नेपाली समुदायको सानो सहयोग त्यो परिवारको ठूलो सहयोग हुनसक्ने भएका कारण सम्पूर्ण नेपाली दाजुभाई तथा दीदीबहिनीहरुले सहयोग गरिदिनुहुन बिनम्र अनुरोध छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले आफैले आफ्नो ज्यान लिएको आशंका गरिएपनि आधिकारिक रुपमा पुष्टी भने भएको छैन । ७ बर्ष अगाडि अमेरिका आएका बानिया रेष्टुरेन्टमा सेफका रुपमा काम गर्दै आएका थिए ।

उनी अविवाहित रहेको र केही समयदेखि मानसिक समस्याको उपचार गर्दै आएको जनाइएको छ । शनिवार साँझ उनी अपार्टमेण्टमा मृत भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले पोष्टमार्टमका लागि शव लगेको थियो ।

उनका बुवा लगायत परिवारबाट उनको शव नेपाल पठाइदिन आग्रह गरेको जनाइएको छ । केही समय अघि तीव्र गतिमा गाडी चलाएपछि एक पटक उनलाई प्रहरीले समातेको थियो । मानसिक समस्या रहेको शंका लागेपछि प्रहरीले उनलाई उपचारका लागि सिफारिस गरेको र त्यसपछि उनले नियमित उपचार गराईरहेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com