अमेरिकामा आएको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो


प्रकाशित मिति : चैत्र २०, २०७९ सोमबार

Damage from a late-night tornado is seen in Sullivan, Ind., Saturday, April 1, 2023. Multiple deaths were reported in the area following the storm. (AP Photo/Doug McSchooler)

अमेरिकी दक्षिण र मध्यपश्चिम क्षेत्रमा आएको विनाशकारी आँधीबेहरीका कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । दक्षिणी मैदानी क्षेत्रका केही भागमा व्यापक आँधी आउन सक्ने सम्भावना रहेको सीएनएनले जनाएको छ । गत शुक्रबार अमेरिकी भूमिमा अवतरण भएको यो आँधीले सयौँ घर र व्यवसायहरूलाई आंशिक तथा पूर्णरूपमा ध्वस्त पारेको थियो । अर्कान्सासका मेयर जेनिफर हब्सका अनुसार, अर्कान्सासको वेनमा चार जनाको मृत्यु भएको छ । आँधीले शहरको पश्चिमी सीमाबाट यसको पूर्वीसम्म विनाशको रेखा छोडेको थियो ।

उहाँले भन्नुभयो, “हामीलाई यी परिवारहरूलाई पुनः प्र्राप्त गर्न मद्दत गर्न सक्ने सबै सहयोगको आवश्यकता छ ।” अर्कान्सास, इन्डियाना र टेनेसीराज्यमा मृत्यु हुनेको संख्या आइतबार १५ पुगेको अधिकारीहरूले बताएका छन् ।

मेम्फिस प्रहरी विभागले एक विज्ञप्ति जारी गर्दै दुई बालबालिका र एक वयस्कको मृत्यु भएको जनाएको छ । अर्कान्सासका गभर्नरले नर्थ लिटिल रकमा आँधीका कारण एक जनाको र वाइनमा दुई जनाको मृत्यु भएको जानकारीपछि बताएपछि शुक्रबार दिउँसो आपतकालीन अवस्थाको घोषणा गर्नुभएको थियो ।

सिएनएनका अनुसार खराब मौसमका कारण मिसौरीमा पनि आपतकालीन अवस्था घोषणा गरिएको छ । उत्तरी इलिनोइसमा शुक्रबार राति बेल्भिडेरेस्थित एक नाट्यशालाको छाना भत्किँदा एक जनाको मृत्यु हुनुका साथै अन्य २८ जनालाई अस्पतालमा भर्ना गरिएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इन्डियाना स्टेट पुलिसका सार्जेन्ट म्याट एम्सका अनुसार इडियानाको सुलिभान कन्ट्रीमा शेरमेनबाट लगभग १५० माइल पूर्वमा रहेको आँधीका कारण तीन जनाको मृत्यु भएको छ । नेशनल वेदर सर्भिसले अर्कान्सास, इलिनोइस, इन्डियाना र टेनेसीका अतिरिक्त विस्कन्सिन, आयोवा र मिसिसिपीमा पनि आँधीको रिपोर्ट दिएको थियो । राष्ट्रिय मौसम सेवाका अनुसार आँधीको प्रणाली शनिबार बिहानै पूर्वतिर सर्दै गर्दा अलाबामा र जर्जियाका केही भागमा चक्रवातको चेतावनी जारी गरिएको छ । रातारात आएको चक्रवातले मिसिसिपीको रोलिङ फोर्कको अधिकांश भागलाई जलमग्न बनाएको छ ।

जहाँ अनुमानित अधिकतम १७० माइल प्रतिघण्टाको दरमा आँधी आएको थियो । अमेरिकी राष्ट्रपति बाइडनले गत हप्ता आएको आँधीका कारण सबैभन्दा बढी प्रभावित मिसिसिपी समुदायको रोलिङ फोर्कको भ्रमण गर्नुभएको छ । आँधीले रोलिङ फोर्क र आसपासका शाकी काउन्टीमा १३ जनाको ज्यान लिनुका साथै दर्जनौँ घर तथा व्यवसायलाई आँशिक वा पूर्णरूपमा क्षति पु याएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com