१० राज्यहरू जहाँ अमेरिकीहरू सबैभन्दा बढी र कम तनावग्रस्त छन्


प्रकाशित मिति : चैत्र १८, २०७९ शनिबार

curtain wall building during night time

अमेरिकीहरूले गत वर्षको तुलनामा बढी तनाव महसुस गरिरहेका छन्, तर देशका केही भागहरू छन् जहाँका बासिन्दाहरू अरूभन्दा धेरै तनावग्रस्त छन्। पर्सनल फाइनान्स साइट वालेटहबको नयाँ अध्ययन अनुसार मिसिसिपियनहरू अमेरिकामा सबैभन्दा तनावग्रस्त व्यक्ति हुन्।

वालेट हबले ४१ तनाव सूचकहरूमा सबै ५० राज्यहरूलाई तुलना गरेको छ । जसले अमेरिकीहरू सबैभन्दा बढी र कम तनावमा छन् भनेर पत्ता लगाएको छ । वेबसाइटका अनुसार केही सूचकहरूले प्रति हप्ता काम गरेको औसत घण्टा, व्यक्तिगत बैंक्रप्सीका दरहरू र एक रातको निद्राको औसत घण्टा समावेश गर्दछ।

brown rock formation

अनुसन्धानकर्ताहरूले मिसिसिपीलाई सबैभन्दा तनावग्रस्त राज्यको रूपमा सुचिकृत गरेका छन् । दोश्रोमा लुजियाना, तेश्रोमा न्यु मेक्सिको र चौथोमा वेस्ट भर्जिनिया रहेका छन् । पाँचौंमा नेभाडा, छैठौंमा अर्कान्सास, सातौमा अलाबामा, आठौंमा केन्टकी, नवौंमा टेक्सास र दशौं तनावग्रस्तमा ओक्लाहोमा रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

Source: WalletHub

मिसिसिपी राज्यले यसको उच्च गरिबी दर, उच्च सम्बन्धविच्छेद दर र प्रति व्यक्ति थोरै मनोवैज्ञानिकहरूको कारणले गर्दा शीर्ष स्थान कायम गरेको छ । मिनेसोटाले भने देशको सबैभन्दा कम तनावग्रस्त राज्यको दर्जा पाएको छ ।

कम तनावग्रस्तमा पहिलो मिनेसोटा, मिनेसोटा, दोश्रो युटाह, तेश्रो न्यू ह्याम्पशायर, चौथो साउथ डकोटा, पाँचौं म्यासाचुसेट्स, छैठौं आयोवा, सातौं नयाँ जर्सी, आठौं कनेक्टिकट, नवौं नर्थ डकोटा र दशौंमा भर्जिनिया रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com