ट्वीटरमा अमेरिकी पूर्व राष्ट्रपति ओबामालाई पछि पार्दै अघि निस्कीए एलन मस्क


प्रकाशित मिति : चैत्र १६, २०७९ बिहीबार

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामालाई उछिन्दै एलन मस्क ट्विटरमा सबैभन्दा धेरै अनुयायी (फलोअर्स) भएको व्यक्ति बन्न सफल हुनुभएको छ ।

बिहीबार टेस्ला र स्पेसएक्सका संस्थापक मस्कको ट्विटरमा १३ करोड ३० लाख ८४ हजार ५६० फलोअर्स पुगेका छन् भने ओबामाका १३ करोड ३० लाख ४१ हजार ८१३ फलोअर्स छन् ।
समाचार, विचार र पीआर सन्देशको आदानप्रदानको लागि एक प्रमुख प्लेटफर्मको रूपमा ट्विटरको भूमिका बढ्दो देखिएको छ ।

मस्कले गत हप्ता कर्मचारीहरूसँग आफ्नो कम्पनीले यसको लागि खर्च गरेको ४४ अर्ब डलरको आधा मूल्य गुमाएको बताउनुभएको थियो भने विश्व प्रसिद्ध सामाजिक सञ्जालले अझै पनि विज्ञापनदाताहरू र सरकारी नियामकहरूलाई प्रभाव नपार्नेगरी संस्थालाई अघि बढाउने बताउनुभएको थियो ।

ट्वीटर नियन्त्रणमा लिएदेखि नै मस्कले ट्वीटर समूहको पेरोललाई सात हजार ५०० कर्मचारीबाट दुई भन्दा कममा झार्नुभएको छ । सामाजिक प्लेटफर्मलाई कठिन समयमा टिकाईराख्न र आर्थिक रूपमा व्यवहार्य बनाउनका लागि सशुल्क सेवाग्राहीको आफ्नो धारणाले मूहुर्तरूप लिने विश्वास व्यक्त गर्नुभएको थियो । तर परिणामहरू निराशाजनक देखिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सशुल्क सेवाग्राहीबारे कम्पनीका प्रमुखले राखेको धारणापछि ट्वीटरले प्राविधिक खराबीको एउटा श्रृङ्खला देखेको छ । यसमा मस्कको ट्वीटले अचानक लाखौं प्रयोगकर्ताहरूको फिडमा प्रभाव नपारेको घटना पनि समावेश छ । लाखौँले कम्पनीका प्रमुख लगानीकर्ता मस्कलाई नपछ्याएको पनि देखिएको छ ।

मस्कले प्रयोगकर्ताहरूलाई ट्विटरमा अधिक स्वतन्त्र रूपमा कुराकानी गर्न प्रोत्साहित गर्नुभएको छ । साइटले कानूनद्वारा अनुमति दिइएको सेन्सरशिपको न्यूनतम मात्रा लागू गर्ने बताएको छ ।

प्लेटफर्मले अप्रिल १ देखि सेलेब्रिटी वा पत्रकारजस्ता केही व्यक्तिगत एकाउन्टका लागि ट्रस्ट बिल्डिङ ‘ब्लु टिक’ फिर्ता लिने र ग्राहकलाई भुक्तानीका लागि आरक्षित गर्ने जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com