रुसी राष्ट्रपति पुटिनको घोषणा,‛बेलारुसमा आणविक हतियार तैनाथ गर्ने तर नियन्त्रण अधिकार नदिने’


प्रकाशित मिति : चैत्र ११, २०७९ शनिबार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले आफ्नो छिमेकी र मित्र बेलारुसमा रुसी रणनीतिक हतियार अर्थात आणविक हतियार तैनाथ गर्ने बताएका छन् । युरोपको सन्दर्भमा राष्ट्रपति पुटिनले युरोपमा धेरै ठाउँमा आफ्नो आणविक हतियार राखेको अमेरिकाको तुलनामा आफ्नो यो कदम आणविक निशस्त्रीकरण सम्झौताको उल्लङ्घन नहुने बताए । तर उनले यो हतियारको नियन्त्रण रुसले बेलारुसलाई नदिने बताए ।

पुटिनले रुसी सरकारी टेलिभिजनसँगको कुराकानीको क्रममा बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्कोले रूसले बेलारुसमा पनि आफ्ना आणविक हतियार राख्नु पर्ने कुरा लामो समयदेखि भन्दै आएको बताए । उनले भने, “यसमा कुनै अनौठो कुरा छैन। अमेरिकाले दशकौंदेखि यो गरिरहेको छ। उसले आफ्ना सहयोगीहरूको भूमिमा रणनीतिक रूपमा महत्त्वपूर्ण हतियारहरू तैनाथ गरिरहेको छ।”

पुटिनले बेलारुसमा हतियार भण्डारणका लागि निर्माण कार्य भइरहेको र यसै वर्षको जुलाई १ सम्ममा सम्पन्न गर्ने बताएका छन् । रूसले आणविक क्षेप्यास्त्र प्रक्षेपण गर्न आवश्यक पर्ने केही इस्कन्डर मिसाइल प्रणाली बेलारुसमा पठाइसकेको उनको भनाई छ ।

सन् १९९० को मध्यपछि रुसले आफ्नो देशबाहिर आफ्नो मित्र राष्ट्रमा आणविक हतियार तैनाथ गरेको यो पहिलो पटक हो। सन् १९९१ मा सोभियत संघको विघटनपछि रुस, युक्रेन, बेलारुस र काजाकस्तान – चार नयाँ स्वतन्त्र राष्ट्रहरूमा रुसी हतियारहरू बाँकी थिए। यी सबै हतियार रुस ल्याउने काम सन् १९९६ मा सम्पन्न भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पुटिनको घोषणापछि अमेरिकाले रुसले आणविक हतियारको प्रयोग गर्ने छैन भन्ने कुरामा आफू विश्वस्त रहेको बताएको छ । अमेरिकी रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “हामीले हाम्रो रणनीतिक रूपमा महत्त्वपूर्ण हतियारहरूका सम्बन्धमा हाम्रो रणनीति परिवर्तन नगर्नुको कुनै कारण देख्दैनौं।”

मन्त्रालयले यो पनि भन्यो, “हामी नेटो सैन्य गठबन्धनमा संलग्न देशहरूको रक्षाका लागि प्रतिबद्ध छौं।” बेलारुस रुसको महत्वपूर्ण सहयोगी मानिन्छ। रुस-युक्रेन युद्ध सुरु भएदेखि नै उसले रुसलाई समर्थन गर्दै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com