यौन सम्बन्ध राखेर सूचना सङ्कलन गर्ने स्पेन प्रहरीको चौतर्फी आलोचना


प्रकाशित मिति : चैत्र १०, २०७९ शुक्रबार

स्पेन सरकारले सूचना सङ्कलनका लागि परिचालन गरेका सादा पोशाकका प्रहरीको रणनीतिको व्यापक आलोचना भएको छ । बार्सिलोना प्रहरीले यौनलाई हतियार बनाएकामा त्यसको घोर विरोध भएको छ । हालैका दिनमा सादा पोशाकका प्रहरीले विपक्षी राजनीतिक दल र समूहहरूमा घुसपैठ गर्ने, उनीहरूको विश्वास जित्न र सूचना सङ्कलन गर्न कार्यकर्तासँग यौन सम्बन्ध राखेको आरोपमा सरकारको व्यापक आलोचना भएको हो ।

क्याटलान मिडिया ला डिरेक्टाले गत जनवरीमा ड्यानियल हर्नान्डेज नामका एक प्रहरी अधिकारीले सन् २०२० देखि बार्सिलोना स्क्वाट र फार लेफ्ट आन्दोलन समूहका विभिन्न सदस्यसँग यौन सम्बन्ध कायम गरेर सूचना फुत्काएको समाचार सार्वजनिक गरेको थियो । एउटा मुद्दाका निम्ति सूचना सङ्कलन गर्ने क्रममा निजले करिब एक वर्षसम्म त्यस्तो सम्बन्धलाई निरन्तरता दिएको खबर उक्त पत्रिकाले छापेको थियो ।

हालै ती प्रहरी अधिकारीविरुद्ध छ जना महिलाले उजुरी गरेका छन् । झूटको सहारा लिएर ती प्रहरीले उनीहरूलाई यौन सम्बन्धका निम्ति सहमति दिन बाध्य पारेको बताएका छन् । महिला कानुन व्यावसायी मिरिया सालाजारले प्रहरीका त्यस्ता घृणित अभ्यासको कानुनी आधार र औचित्य नभएको बताएकी छन् ।

सूचना सङ्कलनका निम्ति पुरुष प्रहरी अधिकृतमात्र होइन महिला प्रहरी पनि संलग्न भएपछि गलत अभ्यासलाई सरकारले प्रश्रय दिएको उजागर भएको छ । गत साता जलवायु परिवर्तनका कुप्रभाव कम गर्नेतर्फ सम्बद्ध पक्ष लाग्नुपर्ने आवाज उठाउँदै आएको एक्स्टिङ्सन रिबेलियन समूहका एक सदस्यसँग एक जना महिला प्रहरीलेघ घुसपैठ गरी सम्बन्ध कायम गरेको समाचार बाहिर आएपछि स्पेन सरकारको आलोचना तीव्र भएको छ । यो घटनाबाट स्पेनका सर्वसाधारण आक्रोशित भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि स्पेन सरकारले इजरायली ‘स्पाइवेयर’ पेगासस प्रयोग गरेर १८ जना क्याटालान पृथकतावादी नेताको मोबाइल फोनमार्फत जासुसी गरेको स्वीकार गरेको थियो । क्याटलान नेताहरूले प्रधानमन्त्री पेड्रो सान्चेजलाई अनैतिक भन्दै राजनीतिक स्वतन्त्रता र वैचारिक स्वतन्त्रताजत्तिकै यौनस्वतन्त्रतको रक्षा हुनुपर्ने माग गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com