न्युयोर्कमा राजमार्गबाट ​​कार खसेपछि भएको दुर्घटनामा ५ बालबालिकाको मृत्यु


प्रकाशित मिति : चैत्र ५, २०७९ आईतबार

न्यूयोर्कको वेस्टचेस्टरमा एउटा गाडी राजमार्गबाट ​​खसेपछि भएको दुर्घटनामा पाँच नाबालकको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। वेस्टचेस्टर काउन्टी पब्लिक सेफ्टीले जारी गरेको विज्ञप्ति अनुसार मृतकहरु चार केटा र एक केटी रहेका छन् ।

उनीहरु ८ देखि १७ वर्षका बीचका रहेको जनाइएको छ । निसान रग गाडीमा बच्चाहरु यात्रा गर्दै थिए । गाडी आइतबार राजमार्गबाट खसेर एक रूखमा ठोक्किएपछि आगो लागेको थियो ।

एक ९ वर्षीय बालक दुर्घटनामा बाँचेको अधिकारीहरूले बताएका छन्। अनुसन्धानकर्ताहरूका अनुशार एक १६ वर्षीयले कार चलाएको विश्वास गरिएको छ । दुर्घटनामा अन्य कुनै पनि सवारीसाधन संलग्न नभएको अधिकारीहरुले बताएका छन् ।

पीडितहरु कनेक्टिकटका रहेको प्रहरीले जनाएको छ । आफन्तलाई खबर गरेपछि उनीहरुको परिचय खुलाइनेछ । दुर्घटनाको पूर्ण परिस्थिति वेस्टचेस्टर काउन्टी पुलिस विभागले अनुसन्धान गरिरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com