खसोखास राउण्डअप: अमेरिकी अध्यागमनबारे साताका ६ अपडेट


प्रकाशित मिति : चैत्र ४, २०७९ शनिबार

१, हाउस डेमोक्र्याटहरूको समूहले अमेरिकामा पहिले नै रहेका लाखौं कागजपत्रविहिन आप्रवासीहरूलाई ग्रिनकार्ड दिन लगभग शताब्दी पुरानो रजिस्ट्री अद्यावधिक गरेर नागरिकताको मार्ग दिने प्रयासलाई पुनर्जीवित गरेको छ । ६ जना डेमोक्र्याटहरूले अध्यागमन ऐन १९२९ को अध्यागमन प्रावधानहरू नवीकरण गर्ने बिल पुन पेश गरेका छन् । जसमा सन् २०१५ भन्दा अगाडि अमेरिकामा आएकाहरुलाई स्वत ग्रिनकार्डको बाटोमा लैजाने समावेश छ । थप समाचार । 

२, अमेरिकामा एसाइलम स्वीकृत पछि एकबर्ष नपुग्दै दिएका ग्रिनकार्ड आवेदन युएससीआईएसबाट स्वीकार गरिएको नेपाली सेवाग्राहीहरुले जानकारी दिएका छन् । फेब्रुअरीमा युएससीआईएसले ल्याएको नयाँ नीति अनुशार ती आवेदनहरु स्वीकार गरिएका हुन् । विगतमा सामान्यतया एसाइलम स्वीकृत भएको ११ महिनापछि फाइल गरिएका ग्रिनकार्ड आवेदन युएससीआईएसले स्वीकार गर्दै आएतापनि गत महिनादेखि एसाइलम स्वीकृत भएलगत्तै फाइल गरिएका ग्रिनकार्ड आवेदन पनि स्वीकार गर्न थालेको छ । थप समाचार । 

३, युएससीआईएसमा एसाइलम अन्तरवार्तामा जाँदा नेपाली भाषा अनुवादक लैजान नपर्ने नियम सन् २०२३ को सेप्टेम्बर १२  सम्मका लागि थप गरिएको छ । त्यस्ता नेपाली भाषा अनुवादक सरकारले नै निशुल्क प्रदान गर्ने भएको छ । सेप्टेम्बर १२ पछि अङ्ग्रेजीमा अन्तर्वार्ता दिन नसक्ने एसाइलम आवेदकहरूले आफ्नै दोभाषेहरू उपलब्ध गराउनु पर्नेछ । थप समाचार । 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

४, अमेरिकामा कामदार भिसा एचवानबीको लोटरीमा दर्ता अवधि शुक्रबार समाप्त भएको छ । आर्थिक बर्ष २०२४ का लागि कामदार भिसा एचवानबीको अनलाइन दर्ता मार्च १ को दिउसो १२ बजेबाट सुरु भएकोमा मार्च १७ को दिउसो १२ बजे समाप्त भएको हो । थप समाचार । 

५, अमेरिकी विदेश मन्त्रालयले आप्रवासी भिसा आवेदकका परिवारका सदस्यबारे अनौपचारिक मूल्याङ्कन हटाउने प्रस्तावित नियम ल्याएको छ । प्रस्तावित नियम फेडरल रजिष्टरमा प्रकाशित भएको छ । थप समाचार । 

६, आप्रवासी भिसामा अमेरिका आएर समयमै ग्रिनकार्ड प्राप्त नगरेका, ग्रिनकार्ड हराएर वा च्यातिएर प्रतिस्थापनका लागि आवेदन अमेरिकाका वैध स्थायी बासिन्दाहरूले अब एकबर्षका लागि ग्रिनकार्डको काम गर्ने छाप हुलाकबाटै समेत प्राप्त गर्नसक्ने भएका छन् । एलियन डकुमेन्टेशन, आइडेन्टिफिकेशन एण्ड टेलिकम्युनिकेशन अर्थात् एडीआईटी स्ट्याम्प वा आई ५५१ स्ट्याम्पका रुपमा चिनिने यो स्ट्याम्पका लागि अब युएससीआईएसको फिल्ड अफिस धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । थप समाचार । 

अमेरिकी अध्यागमनबारेका सम्पूर्ण समाचार पढ्न यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com