अब ग्रिनकार्डको स्ट्याम्प लगाउन युएससीआईएएसको फिल्ड अफिस जानु नपर्ने


प्रकाशित मिति : चैत्र २, २०७९ बिहीबार

आप्रवासी भिसामा अमेरिका आएर समयमै ग्रिनकार्ड प्राप्त नगरेका, ग्रिनकार्ड हराएर वा च्यातिएर प्रतिस्थापनका लागि आवेदन अमेरिकाका वैध स्थायी बासिन्दाहरूले अब एकबर्षका लागि ग्रिनकार्डको काम गर्ने छाप हुलाकबाटै समेत प्राप्त गर्नसक्ने भएका छन् । एलियन डकुमेन्टेशन, आइडेन्टिफिकेशन एण्ड टेलिकम्युनिकेशन अर्थात् एडीआईटी स्ट्याम्प वा आई ५५१ स्ट्याम्पका रुपमा चिनिने यो स्ट्याम्पका लागि अब युएससीआईएसको फिल्ड अफिस धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

सामान्यतया अमेरिकाका स्थायी बासिन्दाहरु जोसँग हराएको, चोरी भएको, नविकरणका लागि आवेदन दिएको वा अन्य कुनै कारणवश ग्रिनकार्ड छैन उनीहरुले ग्रिनकार्ड नआउँदासम्म यो स्ट्याम्पको प्रयोग गर्नुपर्छ । यो स्ट्याम्पको प्रयोग गरेर अमेरिकामा बैध स्थीति प्रमाणित गर्न, काम गर्न र अमेरिकाबाहिर यात्रा गरेर फर्कन समेत सकिन्छ ।

त्यस्तै ग्रीन कार्ड प्रतिस्थापन गर्नको लागि आई ९० आवेदन दिएका, ग्रिनकार्डका सर्तहरू हटाउनको लागि आई ७५१ आवेदन दिएका वा अमेरिकाको नागरिकता आवेदन दिएका तर पूरानो ग्रिनकार्डको अवधि सकिएका वा अवधि थपको सुचनाको म्याद सकिएकाहरुले आफू अमेरिकाको स्थायी बासिन्दा भएको प्रमाणका लागि यो छाप लगाउनुपर्छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

यो छाप आवश्यक पर्ने व्यक्तिले युएससीआईएसको सम्पर्क केन्द्रमा फोन गरेर आफूलाई बैध स्थीतिको अस्थायी प्रमाण आवश्यक भएको अनुरोध गर्नुपर्छ । त्यसपछि अध्यागमन सेवा अधिकारीले अनुरोध गर्ने व्यक्तिको पहिचान, भौतिक पत्राचार ठेगाना र त्यो ठेगानामा युपीएस वा फेडेक्सबाट एक्सप्रेस पत्र प्राप्त गर्न सक्छ कि सक्दैन भनेर प्रमाणित गर्नेछन् ।

त्यसपछि युएससीआइएसका अधिकारीले आवश्यक परेको खण्डमा व्यक्तिगत रुपमा नै उपस्थीत हुनका लागि अप्वाइन्टमेन्ट बनाउँछन् । व्यक्तिगत रुपमा उपस्थीत हुनुपर्ने अवस्था नभएको खण्डमा स्ट्याम्प जारी गर्न युएससीआईएसको फिल्ड अफिसमा अनुरोध पठाउँछन् ।

यदि आवेदक व्यक्तिगत रुपमा नै उपस्थीत हुनुपर्ने अवस्था नभएको खण्डमा फिल्ड अफिसले अस्थायी प्रमाणका लागि गरिएको अनुरोध अवलोकन गर्छ । त्यसपछि आवेदकलाई आई ९४ का साथमा एलियन डकुमेन्टेशन, आइडेन्टिफिकेशन एण्ड टेलिकम्युनिकेशन अर्थात् एडीआईटी स्ट्याम्प, डीपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको सिल र युएससीआईएसको प्रणालीबाट प्रिन्ट गरेर निकालिएको ग्रिनकार्डको प्रिन्ट गरिएको फोटो हुलाकमार्फत पठाउनेछन् ।

अमेरिकाको ग्रिनकार्ड

युएससीआईएसले पठाउने एडीआईटी स्टयाम्पले एकबर्षसम्म ग्रिनकार्डका रुपमा काम गर्छ । केही कानुनी स्थायी बासिन्दाहरूले आफ्नो स्थितिको अस्थायी प्रमाणहरू प्राप्त गर्नका लागि युएससीआईएसको फिल्ड अफिसमा अझै पनि व्यक्तिगत रूपमा उपस्थित हुन आवश्यक रहेको युएससीआईएसले जनाएको छ । एकदमै अर्जेन्ट भएकाले हुलाकबाट स्ट्याम्प आउँदासम्म कुर्न नसक्नेहरु र युएससीआईएसका प्रणालीहरूमा प्रयोगयोग्य फोटो नभएकाहरु पनि फिल्ड अफिसमा उपस्थीत हुनुपर्छ । ठेगाना वा पहिचान पुष्टि हुन नसकेकाहरु पनि व्यक्तिगतरुपमा उपस्थीत हुनुपर्नेछ ।

नयाँ प्रक्रियाले युएससीआईएसलाई फिल्ड अफिसमा निर्धारित अपोइन्टमेन्टको आवश्यकता नभई समयमै वैधानिक स्थायी बासिन्दा स्थितिको अस्थायी प्रमाण जारी गर्न अनुमति दिनेछ । जसले गर्दा आवेदकहरूमा पर्ने बोझ कम हुनेछ भने क्षेत्रीय कार्यालय स्रोतहरूको उपलब्धता बढ्ने युएससीआईएसले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com