अमेरिकाविरुद्ध लड्न ८ लाख व्यक्ति स्वैच्छिक रूपमा भर्ना भएको उत्तर कोरियाको दावी


प्रकाशित मिति : चैत्र ४, २०७९ शनिबार

प्योङयाङले आफ्नो सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको केही दिनपछि उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले शनिबार आठ लाखभन्दा बढी युवाले ‘अमेरिकी साम्राज्यवाद’ विरुद्ध लड्न सेनामा सामेल हुन स्वेच्छाले भाग लिएको उल्लेख गरेको छ ।

प्योङयाङको हतियार परीक्षण र बढ्दो आणविक चेतावनीपछि सियोल र वासिङ्टनले सुरक्षा सहयोग बढाएका छन् र यसै साता पाँच वर्षयताकै सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास सुरु भएको छ ।

उत्तर कोरियाले यस्ता सबै अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको रूपमा हेर्छ र यसको जवाफमा उसले ‘भारी’ कदम चाल्ने चेतावनी बारम्बार दिँदै आएको छ ।

कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए)ले उत्तर कोरियाली अधिकारीलाई उद्धृत गर्दै जारी सैन्य अभ्यासलाई ‘आणविक युद्ध भड्काउने’ अमेरिकी प्रयासको रूपमा व्याख्या गरेको छ र यसको जवाफमा लाखौं मानिसहरू भर्ती भएको जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केसीएनएले भनेको छ, “युवा स्वयंसेवकहरू ‘निर्दयतापूर्वक युद्ध उन्मादलाई सफाया गर्न’ कटिबद्ध छन् त्यसैले उनीहरू ‘देशको रक्षा’ गर्न सेनामा सामेल भएका छन् ।
“शुक्रबार मात्रै देशभरका आठ लाखभन्दा बढी युवा लिगका पदाधिकारी र विद्यार्थीले कोरियाली जनसेनामा सामेल हुन र पुनः सेनामा सामेल हुन स्वेच्छाले भाग लिएका छन्,” विज्ञप्तिमा भनिएको छ ।

प्योङयाङका अधिकारी रोडोङ सिनमुनले सार्वजनिक गरेको तस्बिरमा उत्तर कोरियाली युवाहरू निर्माणस्थलजस्तो देखिने ठाउँमा आफ्नो नाम हस्ताक्षर गर्न लामो लाइनमा कुरेर बसेको देखिन्छ ।

प्योङयाङले बिहीबार आफ्नो सबैभन्दा ठूलो र शक्तिशाली क्षेप्यास्त्र ह्वासोङ–१७ को परीक्षण गरेको थियो ।

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको प्रतिक्रियास्वरुप यो प्रक्षेपण गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

शनिबार केसीएनएले जारी अभ्यास ‘अक्षम्य रातो रेखाको नजिक पुगेको’ बताएको छ ।

गत वर्ष उत्तर कोरियाले आफूलाई ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गरेको थियो र नेता किम जोङ उनले हालै सामरिक आणविक हतियारसहित हतियार उत्पादनमा ‘तीव्र’ वृद्धि गर्न आह्वान गर्नुभएको थियो ।

किमले यसै महिनाको सुरुमा उत्तर कोरियाली सेनालाई ‘वास्तविक युद्ध’को तयारीका लागि सैन्य अभ्यास तीव्र पार्न पनि आदेश दिनुभएको थियो ।

सियोलस्थित ‘युनिभर्सिटी अफ नर्थ कोरियन स्टडिज’का प्रमुख याङ मु जिनले एएफपीसँग भन्नुभयो, “प्योङयाङले आफ्नो आणविक अस्त्र कार्यक्रमलाई ‘महत्वपूर्ण र आवश्यक’ साबित गर्न यो अभ्यासको प्रयोग गरिरहेको छ । दक्षिण कोरिया र अमेरिकाबीच भएको सैन्य अभ्यासले उत्तर कोरियाको वर्तमान शासनलाई ध्वस्त पार्ने र राजधानी प्योङयाङमाथि कब्जा जमाउने उद्देश्य राखेको धारणा फैलाएको याङले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com