युट्युबमा फर्किए डोनाल्ड ट्रम्प


प्रकाशित मिति : चैत्र ३, २०७९ शुक्रबार

 

आफ्नो युट्युब च्यानलबाट गायब भएको दुई वर्षपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि युट्युबमा फर्किएका छन् । उनले आफ्नो युट्युब च्यानल र आफ्नो फेसबुक पेजमा ११ सेकेन्डको भिडियो पोस्ट गरे जसमा उनले लेखे, “म फिर्ता आएको छु!”

सन् २०२० मा भएको राष्ट्रपतीय निर्वाचनमा पराजयपछि उनका समर्थकहरूले वाशिङटनको क्यापिटल बिल्डिङमा आक्रमण गरेपछि उनको सामाजिक सञ्जाल अकाउन्ट फ्रिज गरिएको थियो । उनलाई सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकहरूलाई आक्रमण गर्न उक्साएको आरोप लागेको थियो ।

उनी फेरि एकपटक राष्ट्रपतिको चुनाव लड्ने तयारीमा रहेको बताइएको छ, यसैलाई मध्यनजर गर्दै उनलाई फेरि सामाजिक सञ्जालमा देखिने छ ।  युट्युबले चुनाव लड्ने सबै प्रमुख उम्मेदवारको कुरा सुन्न पाउने अधिकार मतदातालाई रहेको जनाएको छ । यस वर्षको जनवरीमा ट्रम्पले फेसबुक र इन्स्टाग्राममा पनि पुनरागमन गरेका थिए। उनको ट्विटर खाता पनि गत वर्ष नोभेम्बरमा रिस्टोर गरिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी नागरिक स्वतन्त्रता संघले यो निर्णयको स्वागत गरेको छ । यद्यपि मिडिया म्याटर्स जस्ता केही वकालत गर्ने समूहहरूले यसको आलोचना गरेका छन् र भनेका छन्  यो सार्वजनिक सुरक्षाको लागि खतरा हुन सक्छ, यो तथ्यलाई मेटा (फेसबुकको कम्पनी) ले बेवास्ता गरिरहेको छ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com