दक्षिण कोरिया र जापानको बैठकअघि उत्तर कोरियाद्वारा ब्यालिस्टिक मिसाइल प्रहार
प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार
A man walks past a television screen showing a news broadcast with file footage of a North Korean missile test, at a railway station in Seoul on March 16, 2023. – North Korea fired a “long-range ballistic missile” on March 16, Seoul’s military said, its third launch this week, as South Korean President Yoon Suk Yeol headed to Tokyo to boost ties in the face of Pyongyang’s growing aggression. (Photo by Anthony WALLACE / AFP)
उत्तर कोरियाले दक्षिण कोरिया र जापानका शीर्ष नेताहरुको शिखर वार्ता हुनुभन्दा केही घण्टा अगाडि नै इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आईसीबीएम) प्रक्षेपण गरेको छ ।
जापान र दक्षिण कोरियाका अधिकारीहरूले यो मिसाइल प्रक्षेपण भएको पुष्टि गरेका छन्। बिहीबार बिहान प्रहार गरिएको मिसाइल जापानबाट करिब एक हजार किलोमिटर पश्चिममा समुद्रमा खसेको थियो ।
दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफका अनुसार उत्तर कोरियाको पूर्वी तटबाट स्थानीय समय बिहान ७:१० मा मिसाइल प्रक्षेपण गरिएको थियो। जापानको रक्षा मन्त्रालयले यो क्षेप्यास्त्र ICBM भएको स्वीकार गरेको छ ।
पछिल्लो एक हप्तामा उत्तर कोरियाले गरेको यो चौथो मिसाइल प्रक्षेपण हो ।
कोरियाली प्रायद्वीप नजिक अमेरिका र दक्षिण कोरियाबीच जारी नौसेना अभ्यासको बीचमा उत्तर कोरियाले यो कदम चालेको हो । उत्तर कोरियाले धेरै पटक भनेका छन् , ‘उसले यस्तो चालबाजीलाई उक्साउने कामको रूपमा हेरेको छ।’
तर, दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले यो मिसाइल प्रक्षेपणपछि अमेरिकासँगको यो संयुक्त अभ्यास जारी रहने बताएका छन् । बिहीबारको मिसाइल प्रक्षेपणपछि दक्षिण कोरिया र जापानले पनि आफ्नो राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउने घोषणा गरेका छन् ।





