मालावी चक्रवात : मृत्यु हुनेको सङ्ख्या २२५ पुग्यो


प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार

Residents walk in a street in Blantyre on March 14, 2023, following heavy rains after cyclone Freddy made landfall. – Cyclone Freddy, packing powerful winds and torrential rain, killed more than 100 people in Malawi and Mozambique on its return to southern Africa’s mainland, authorities said on March 13, 2023. Freddy, on track to become the longest-lasting storm on record, barrelled through southern Africa at the weekend for the second time within a few weeks, making a comeback after a first hit in late February. (Photo by Amos GUMULIRA / AFP)

दक्षिणी मालावीमा आएको ‘फ्रेडी’ नामक चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या बुधबारसम्म २२५ पुगेको छ । विपद् ब्यावस्थापन मामिला विभागका आयुक्त चाल्र्स कालेम्बाले बुधबार गरेको पछिल्लो अपडेटमा ७०७ जना घाइते भएको र ४१ जना हराइरहेको जानकारी दिनुभएको छ ।

प्रभावित क्षेत्रहरूमा मालावीको दक्षिणी क्षेत्रका ब्लान्टायर सिटी, ब्लान्टायर जिल्ला, सिक्वावा, चिराडजुलु, मचिङ्गा, मुलान्जे, नेनो, सान्जे, फलोम्बे, थियोलोलो, जोम्बा सिटी र जोम्बा गरी १२ जिल्ला र शहरहरू समावेश छन् ।

पछिल्लो अद्यावधिकअनुसार फ्रेडी चक्रवातले कम्तीमा १९ हजार ६७६ घरधुरीका करिब ८८ हजार ३ सय १२ जना विस्थापित भएका बताइएको छ । मलावीको सुरक्षाकर्मी तथा उद्धार सेवामा कार्यरत जनशक्तिले मलावी रेडक्रस सोसाइटी र समुदायहरूको नेतृत्वमा खोजी र उद्धार कार्य जारी राखेको छ ।

डीओडीएमएले परराष्ट्र मन्त्रालयमार्फत् विदेशी नियोग, सरकार र अन्तर्राष्ट्रिय संस्थासँग सहयोगका लागि सम्पर्क गरिरहेको जनाएको छ । यसैबीच, मलावीका राष्ट्रपति लाजरस चाक्वेराले बुधबार प्रभावित क्षेत्र र समुदायको भ्रमण गरी स्थितिको समीक्षा गर्ने कार्यक्रम रहेको छ । देशको मौसम विभागले मलावीमा स्थानीय स्तरमा वर्षा र आँधीबेहरी जारी रहने बताएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com