अष्ट्रेलियाको एडिलेडमा मार्च १८ मा नेपाल फेस्टिवल, स्थानीय सरकारको २२ हजार डलर सहयोग


प्रकाशित मिति : फाल्गुन २९, २०७९ सोमबार

एनआरएनए साउथ अष्ट्रेलिया राज्य समितिको आयोजनामा मार्च १८ मा एडिलेडको एडिलेडको एल्डर्स पार्कमा नेपाल फेस्टिवल २०२३ हुने भएको छ । मार्च १८ शनिवार बिहान साढे ९ बजे स्थानिय रन्डल महलबाट नेपाली झाकीहरु सहितको पदयात्रा हुने बताउदै बेलुका साढे ९ बजे नेपाली गित यो मन त मेरो नेपालीको संगितमा आतसबाजी हुने भएको छ ।

फेस्टिवलमा प्रिमियर पिटर मालिनौस्कस, पर्यटन तथा बहुसास्कृतिक मन्त्री जोबेटीशन, माथिल्लो सदन लेजेस्लेटिभ काउन्सीलको विपक्षी दलकोको उप नेता जिङ ली, संसद सदस्यहरु, विभिन्न नगरका मेयरहरुको उपस्थिति रहने एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया राज्य समिति संयोजक रेनुका लामाले जानकारी दिइन् ।

रेनुका लामा

फेस्टिवलमा अष्ट्रेलियन डलर एक लाख देखी एक लाख विस हजार सम्म खर्च हुने अनुमान गरिएको छ । जसमा २२ हजार डलर साउथ अष्ट्रेलिया सरकारको डिपार्मेन्ट अफ प्रिमियर एण्ड क्याविनेटले प्रदान गरेको हो । सरकारबाट थप रकमका लागि पहल भैरहेको र बाकी रकम स्पोन्सरबाट संकलन हुने लामाले जानकारी दिएकी छिन् ।

फेस्टिवलका लागि १४ बटा समितिहरु गठन गरिएको छ । स्थानिय म्यारियन काउन्सिलको काउन्सिलर समेत रहेकी लामाले सांस्कृतिक कार्यक्रमका लागि नेपालबाट लोकप्रिय कलाकारहरु प्रकाश सपुत, प्रिति आले, टिका प्रसाई, देबेन्द्र बब्लु लगायत आउने जनाएकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टोरेन्स युनिभर्सिटी अष्ट्रेलियाले बुमेराङ इन्टरनेशनल एजुकेशन सर्भिस संग सहकार्यमा मुख्य प्रायोजन गर्ने फेस्टिवलमा विस हजार भन्दा बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

फेस्टिवलमा ४० बटा स्टल हुने जसमा १० बटा ठुला स्टल हुने जनाइएको छ । परेडलाई आकर्षक बनाउन नेपाली कला संस्कृति झल्कने जाति भाषा भाषीका झाकीहरु प्रस्तुत गरिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com