उत्तर कोरियाबारे अमेरिकी राष्ट्रपति र जापानी प्रधानमन्त्रीबीच फोनवार्ता, क्षेप्यास्त्र परीक्षण विश्वलाई प्रत्यक्ष चुनौती भएको निष्कर्ष– ह्वाइटहाउस


प्रकाशित मिति : श्रावण १६, २०७४ सोमबार

सोल, १६ साउन । विश्व समुदायको आग्रहको बेवास्ता गर्दै उत्तर कोरियाले जारी राखेको शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण विश्वव्यापी खतरा बन्दै गएको निष्कर्षमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबे पुग्नुभएको छ ।

उहाँहरुबीच सोमबार फोनमार्फत भएको कुराकानीमा सो विषयमा सहमति बनेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

उहाँको कुराकानीको निष्कर्ष गएको केही समयदेखि उत्तर कोरियाले जारी राखेको क्षेप्यास्त्र परीक्षणले विश्वमा सुरक्षा चासो बढाएको मात्र नभई यसले खतरा पनि बढाउदै लगेको छ भन्ने हो– ह्वाइट हाउसले जनाएको छ ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयद्वारा बिहीबार सोलमा आयोजित पत्रकार सम्मेलनमा पनि दक्षिण कोरियाली सैन्य प्रमुखले उत्तरको यस्तो परीक्षण विश्वकै लागि खतरा हुनसक्ने भन्दै त्यसतर्फ सोच्न आग्रह गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँहरु सो कुराकानीपछि उत्तर कोरियामाथि कूटनीतिक र आर्थिक दबाब दिने विषयमा पनि सहमत भएको ह्वाइटहाउसद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

उत्तर कोरियाले गएको जुलाई ४ मा गरेको पछिल्लो परीक्षणलाई शक्तिशाली रहेको भनिएको छ । विज्ञहरुले उक्त परीक्षण यसअघिको भन्दा शक्तिशाली रहेको र यसले अलास्कासम्म मार हान्न सक्ने खालको रहेको समेत बताएका छन् ।

सोही परीक्षणपछि यसले संसारमा नै शान्ति सुरक्षाको विषयलाई थप चर्चामा ल्याइदिएको छ । यसले गर्दा अमेरिकामात्र नभएर दक्षिण कोरिया र जापानका लागि पनि तनाव उत्पन्न गरेको जनाइएको छ ।

सो फोनवार्ताका क्रममा उत्तर कोरियाले जारी राखेको यो क्षेप्यास्त्र परीक्षणले अमेरिकासहित यी तीन वटा देशमात्र नभएर विश्वका अरु पनि एसियाली या अन्य देशलाई प्रत्यक्ष रुपमा असर गर्ने देखिएको चर्चा भएको सो विज्ञप्तिमा जनाइएको छ ।

उत्तर कोरियाले गएको कम्तीमा पनि दुई वर्षयतादेखि निरन्तररुपमा आणविक परीक्षण जारी राखेको छ । क्षेप्यास्त्र परीक्षणको विरोधमा अमेरिका, संयुक्त राष्ट्रसंघ लगायतले गरेको आग्रहको पनि उसले बेवास्ता गर्ने गरेको छ ।

साथै उसले हरेक परीक्षणसँगै दक्षिण कोरिया र अमेरिकामाथि प्रत्यक्ष रुपमा मार हान्नेगरी आफूले यस्ता क्षेप्यास्त्रहरु निर्माण गरिरहेको धम्की पनि दिने गरेको छ ।

संयुक्त राष्ट्रसङ्घ र विश्व समुदायले उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुनको उल्लङ्घन गरेको प्रतिक्रिया दिँदै आएको भए पनि उत्तर कोरियाले भने यस्तो कुनै आग्रह सुन्ने गरेको छैन ।

उत्तर कोरियाली राजधानी प्योङ्याङ्को नजिकको समुद्रबाट परीक्षण गरिएको यो पछिल्लो ब्यालेष्टिक क्षेप्यास्त्र अलास्कासम्म पुग्नसक्ने भनिएको थियो । तर दक्षिण कोरियाले भने अनुसन्धानबाट यो परीक्षण बढीमा ९३० किलोमीटरसम्म मात्र पुग्न सक्ने पाइएको बताएको छ ।

जापानले सो क्षेप्यास्त्र करिब दुई हजार ५०० किलोमीटरसम्म मार हान्न सक्ने क्षमताको रहेको अनुमान गरेको थियो । उत्तर कोरियाले सो परीक्षणपछि दिएको प्रतिक्रियामा आफूले अमेरिकाको अलास्कासम्म मार हान्न सक्ने क्षमताको क्षेप्यास्त्र हानेको जनाएको थियो ।

ह्वाइट हाउसको सो विज्ञप्तिमा भनिएको छ ‘राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री आबेबीच उत्तर कोरियालाई थप आर्थिक नाकाबन्दी लाउने र कूटनीतिक दबाब दिनेमा सहमत हुनुभएको छ र यसमा अरु विदेशी समुदायलाई पनि सहमत गराउने विषयमा छलफल भएको छ ।’ रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com