सी जिनपिङ लगातार तेस्रो पटक चीनको राष्ट्रपति बने
प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार
(230228) — BEIJING, Feb. 28, 2023 (Xinhua) — Xi Jinping, general secretary of the Communist Party of China (CPC) Central Committee, makes an important speech at the second plenary session of the 20th CPC Central Committee in Beijing, capital of China. The plenary session was held from Feb. 26 to 28, 2023. (Xinhua/Ju Peng)
शुक्रबार, सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बने। माओत्सेतुङपछि उनले आफूलाई देशको सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित गरेको बताइएको छ ।
चीनको संसद्, नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झन्डै तीन हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा मतदान गरेका छन् । ६९ वर्षीय सी जिनपिङको अगाडि यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएनन् । चीनको यो संसदलाई राष्ट्रपतिको रबर स्ट्याम्प भनिन्छ ।
एक घण्टासम्म चलेको मतदान प्रक्रिया १५ मिनेटमा सकिएको थियो । सन् २०१८ मा चीनको संविधानमा परिवर्तन गरेर राष्ट्रपति बन्ने सीमा खारेज भएपछि यस निर्वाचनमा सी जिनपिङको जित निश्चित थियो । त्यसपछि मात्र २०२३ मा सीले तेस्रो पटक सत्तामा रहनका लागि यो परिवर्तन गरेको अनुमान गरिएको थियो ।
सी जिनपिङले सोमबार संसद्को वार्षिक अधिवेशनमा सम्बोधन गर्नेछन् । तीन वर्षसम्म चलेको कडा कोभिड नीतिका कारण हाल चीन आर्थिक सङ्कटको सामना गरिरहेको छ । गत हप्ता सी जिनपिङले चीनको आर्थिक सङ्कटका लागि अमेरिका र पश्चिमी देशलाई दोष दिएका थिए।
राष्ट्रपति चुनाव जित्नु धेरै हदसम्म औपचारिकता हो । सी जिनपिङलाई उनको पार्टीले केन्द्रीय सैन्य आयोगको अध्यक्षमा यसअघि नै चयन गरिसकेको छ । उनले चिनियाँ सशस्त्र बलको कमान्डर–इन–चीफको रूपमा आफ्नो तेस्रो कार्यकाल सुरु गरिसकेका छन् ।





