रूस र चीनसँग भेट्ने कुनै योजना छैन :अमेरिकी विदेशमन्त्री ब्लिन्केन


प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार

US Secretary of State Antony Blinken speaks during a meeting with Uzbekistan Acting Foreign Minister Bakhtiyor Saidov (off frame) at the National Library in Tashkent, Uzbekistan, on March 1, 2023. (Photo by OLIVIER DOULIERY / POOL / AFP)

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनमा जारी युद्ध अन्त्यका लागि मस्को गम्भीर नभएको आरोप लगाउँदै नयाँ दिल्लीमा यसै साता हुने जी–ट्वन्टी बैठकमा रूसी र चिनियाँ विदेशमन्त्रीसँग भेटघाट नगर्ने बताउनुभएको छ ।

“जी–२० मा सहभागी हुने मेरो कुनै योजना छैन,” ब्लिन्केनले नयाँ दिल्ली प्रस्थान गर्नुअघि ताशकन्दमा पत्रकारसँग भन्नुभयो । “म उनीहरूसँग समूह सत्रमा सहभागी हुने अपेक्षा गर्दछु ।
ब्लिन्केनले युक्रेन आक्रमणपछि लाभरोभलाई व्यक्तिगत रूपमा भेट्न अस्वीकार गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनले सुरु गरेको युद्धबारे छलफल गर्न तयार रहेको रूसी भनाइलाई अस्वीकार गर्दै आउनुभएको छ ।

ब्लिन्केनले भन्नुभयो, “यदि रूस र राष्ट्रपति पुटिन वास्तवमै आक्रामकता अन्त्यका लागि आवश्यक अर्थपूर्ण कूटनीतिमा सम्लग्न हुन तयार थिए भने पक्कै पनि हामी यसमा सम्लग्न हुने पहिलो व्यक्ति हुने थियौँ, तर यसको कुनै प्रमाण छैन ।”

“वास्तविक प्रश्न यो हो कि के रूस त्यस्तो बिन्दुमा पुग्नेछ जहाँ ऊ आफ्नो आक्रामकता अन्त्य गर्न साँच्चै तयार छ, र संयुक्त राष्ट्र संघको बडापत्रसँग मेल खाने तरिकाले त्यसो गर्न तयार छ।

लाभरोभ र ब्लिन्केनबीच पछिल्लो पटक जनवरी २०२२ मा जेनेभामा व्यक्तिगत भेट भएको थियो । गत फेब्रुअरी २४ मा रूसले युक्रेनमाथि आक्रमण गर्न लागेको स्पष्ट भएपछि अमेरिकाका उच्च कूटनीतिज्ञले उक्त बैठक रद्द गर्नु भएको थियो ।

ब्लिन्केनले अमेरिकी र रूसी कैदीलाई आदानप्रदान गर्ने सामान्र्य उद्देश्यका लागि लाभरोभसँग टेलिफोनमा कुरा गर्नुभएको थियो ।

गत जुलाईमा बालीमा भएको जी–२० को अन्तिम मन्त्रीस्तरीय बैठकमा दुवै जना एउटै कोठामा बसेका थिए, जहाँ पश्चिमा अधिकारीहरूले युद्धको आलोचना सुनेपछि लाभरोभ बाहिर निस्केको बताएका थिए ।

ब्लिन्केनले फेब्रुअरी १८ मा म्युनिख सुरक्षा सम्मेलनका क्रममा चिनियाँ विदेश नीति प्रमुख वाङ यीसँग भेट्नुभएको तर अमेरिकी भूमिमा कथित चिनियाँ जासुसी बेलुन फेला परेपछि लामो समयदेखि प्रतिक्षा गरिएको बेइजिङ भ्रमण रद्द गरेको केही दिनपछि यो बैठक भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत नोभेम्बरमा अमेरिकी राष्ट्रपति सी चिनफिङ र जो बाइडेनबीच बालीमा भएको भेटवार्तापछि तनाव कम भएको देखिएको थियो ।

बाइडेन प्रशासनले चीनलाई संयुक्त राज्य अमेरिकाको शीर्ष दीर्घकालीन चुनौतीको रूपमा वर्णन गरेको छ तर विवादलाई नियन्त्रणबाहिर जानबाट रोक्न “गार्डरेल“ स्थापना गर्न पनि आह्वान गरेको छ । बेइजिङले हालै युक्रेनका लागि शान्ति प्रस्ताव अघि सारेको छ ।

प्रस्तावमा ‘सकारात्मक तत्वहरू’ रहेको भन्दै चीनले युक्रेनको सार्वभौमिकता पुनः स्थापनामा जोड दिने आफूले विश्वास लिएको ब्लिन्केनले बताउनुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com