ग्रीसमा ३५० यात्रुसहितको र मालवाहक रेल ठोक्किँदा कम्तिमा २६ जनाको मृत्यु, ८५ जना घाइते


प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार

(230301) — TEMPI, March 1, 2023 (Xinhua) — This photo taken on March 1, 2023 shows the site of a collision of two trains at Tempi municipality, Greece. The death toll from the collision of two trains in central Greece on late Tuesday night has increased to 36, while 66 injured people were still hospitalized, including six in serious condition in intensive care units, the Greek Fire Service said on Wednesday. (Photo by Leonidas Tzekas/Xinhua)

उत्तरी ग्रीसमा दुईवटा रेल एक आपसमा ठोक्किँदा कम्तिमा २६ जनाको मृत्यु हुनुका साथै ८५ भन्दा बढी घाइते भएको ग्रीसको फायर सर्भिसले बुधबार जनाएको छ ।

ग्रीसको सरकारी स्वामित्वको प्रसारणकर्ता ईआरटीमा तस्बिरहरूले दुर्घटनाग्रस्त रेलका डिब्बाहरु र तिनीहरूको छेउमा उद्धार वाहनहरूको लामो लाइनहरूबाट धुवाँ निस्किरहेको देखाएको छ। तस्बिरहरूमा उद्धारकर्मीहरूले टर्चहरू लिएर बाँचेकाहरूका लागि गाडीहरू खोजिरहेको देखिएको छ ।

ग्रीक फायर सर्भिसका प्रवक्ता भासिलिस वार्थाकोगियानिसका अनुशार ३५० भन्दा बढी यात्रु बोकेको यात्रुवाहक रेल मंगलबार साँझ स्थानीय समय अनुसार मध्यरातको केही समय अगाडि मध्य ग्रीसको टेम्पी क्षेत्रमा लारिसा सहर नजिकै एउटा मालवाहक रेलसँग ठोक्किएको थियो।

१७ सवारी साधन र २० एम्बुलेन्स सहित कम्तिमा १५० फायर फाइटरहरू जारी उद्धार कार्यमा संलग्न छन् । यात्रुवाहक रेल एथेन्सबाट थेसालोनिकी जाँदै थियो ।

यसैबीच ग्रीक फायर सर्भिसका प्रवक्ता इयोनिस अर्टोपोइओसले खोज र उद्धार कार्य जारी रहेको तथा मृतकको संख्या बढ्ने अनुमान गरिएको बताएका छन् । ग्रीक रेलवे कम्पनी हेलेनिक ट्रेनले एक प्रेस विज्ञप्तिमा मालवाहक ट्रेन र आईसी ६२ ट्रेन ट्रेन ठोकिएको बताएको र ट्रेनमा ३५० जना यात्रु रहेको बताएको छ ।

दुर्घटनास्थलमा पनि आगलागी भएको खबर छ । दुर्घटनाको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com