न्युयोर्कका मेयर र सांसदहरुको उपस्थीतिमा शेर्पा किदुग अमेरिकाले मनायो भब्य ल्होसार


प्रकाशित मिति : फाल्गुन ९, २०७९ मंगलबार

न्युयोर्कका मेयर र सांसदहरुको उपस्थीतिमा शेर्पा किदुग अमेरिकाले भब्य रुपमा ग्याल्पो ल्होसार मनाएको छ । न्युयोर्कको ज्याक्सनहाइटमा रहेको शेर्पा किदुगको गुम्बामा मनाइएको ल्होसारमा न्युयोर्क सिटीका मेयर एरिक आडम्स, अमेरिकाको वासिंटन डिसी संसदमा न्युयोर्कको ६ नम्बर डिस्ट्रिक्टबाट प्रतिनिधित्व गर्ने सांसद ग्रेस मेङ, न्युयोर्क राज्य सांसद स्टेभन रागा, न्युयोर्क सिटीका डेपुटी कमिश्नर दिलिप चौहान लगायतको उपस्थीति रहेको थियो ।

मेयर एरिक आडम्सले ल्होसारको शुभकामना दिदै आफूले कैयन बर्ष अगाडि नेपालको भ्रमणको गरेको उल्लेख गर्दै न्युयोर्कमा ठूलो समुदायलाई पाउनु खुशीको कुरा भएको बताए । नयाँ पुस्ताहरु ल्होसार मनाउन अग्रसर भएको देख्दा खुशी लागेको उनले बताए । मेयर आडम्सले शेर्पा किदुगलाई प्रशंसापत्र प्रदान गरेका थिए भने किदुगकी अध्यक्ष छिरिङ शेर्पाले मेयर आडम्सलाई बुद्धको मूर्ति उपहार दिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा सांसद ग्रेस मेङले सबैलाई ल्होसारको शुभकामना दिदै ल्होसार कार्यक्रममा मेयरको उपस्थीतिका लागि धन्यवाद दिइन् । न्युयोर्क सिटीका डेपुटी कमिश्नर दिलिप चौहानले ल्होसारको शुभकामना दिदै कोरोना महामारीमा समुदायसँग मिलेर गरेको सहकार्यको स्मरण गरे । त्यस्तै राज्य सांसद स्टेभन रागाले नेपाली समुदायको प्रतिनिधित्व गर्न पाउँदा आफूलाई निकै खुशी लागेको उल्लेख गर्दै ल्होसारको शुभकामना दिए ।

ल्होसारका अवशरमा विभिन्न सांस्कृतिक झाँकीहरु समेत प्रदर्शन गरिएको थियो भने धर्मगुरुहरुले धार्मिक विधिपूर्वक पूजापाठ समेत गरेका थिए । कार्यक्रममा शेर्पा समुदायका साथै न्युयोर्कका अन्य नेपाली संघ सस्थाहरुका प्रतिनिधिहरुको पनि बाक्लो उपस्थीति रहेको थियो ।

पूजा आराधनासँगै शेर्पा समुदायको सांस्कृतिक नाच एवं भेषभूषा प्रदर्शन हुने गरी कार्यक्रमको आयोजना पनि गरिएको थियो । फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार शेर्पा किदुग अमेरिकाले हरेक बर्ष विविध कार्यक्रम आयोजना गरी मनाउदै आएको छ ।

 

नयाँ वर्षका रुपमा अमेरिकाका शेर्पा समुदायले २१५० औँ ग्याल्पो ल्होसार आज बाघ वर्षलाई बिदाइ गरी खरायो वर्षलाई स्वागत गरेर मनाएका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ल्होसार शब्दले नयाँ वर्ष बुझाउँछ । आजदेखि शेर्पा समुदायको २१५० औँ साल सुरु भएको छ ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाउन परम्परा शेर्पा समुदायमा छ ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल नेपालका २२ जिल्लामा मनाइन्छ भने नेपालबाहिर रहेका डायस्पोराका शेर्पा समुदायले पनि मनाउने गर्छन् । ग्याल्पो ल्होसार शेर्पा समुदायले विविध कार्यक्रम आयोजना फागुन शुक्ल पूर्णिमासम्म मनाउँछन् ।

सबै तस्वीर श्रोत : शेर्पा किदुग अमेरिका

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com