फ्याक्ट चेक: के नेपालमा २०६ बर्षका तिब्बती भिक्षु गहिरो ध्यानमा फेला परेका हुन् ?


प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार

हालै फेसबुक पेज र समूहहरूमा जनवरीमा नेपालमा गहिरो ध्यानको अवस्थामा २०६ वर्षीय तिब्बती भिक्षु फेला परेको भन्दै तस्बिरहरू शेयर गरियो । जुन सत्य नभएको पुष्टी भएको छ । बरु ती भिक्षु थाइल्याण्डका एक बौद्ध गुरु रहेको र उनको सन् २०१७ मा ९२ बर्षको उमेरमा निधन भएको थियो ।

फेसबुकमा शेयर गरिएको एउटा पोष्टमा जनवरी २६, २०२३ मा नेपालको पहाडको गुफामा भेटिएका तिब्बती भिक्षुलाई अहिले २०६ वर्षको उमेरमा विश्वको सबैभन्दा वृद्ध व्यक्ति मानिने उल्लेख गरिएको थियो । उनी ‘ताकाटेट भनिने गहिरो ध्यानको अवस्थामा फेला परेका उक्त पोष्टमा उल्लेख थियो ।

यदि ध्यान गर्नेले यस ध्यानको अवस्थालाई निरन्तरता दिएका बुद्ध बन्न सक्ने भन्दै डा केर्जिनको भन्ने व्यक्तिलाई उक्त पोष्टमा उद्दृत गरिएको थियो । पुरातत्वविद्हरूले पहिले उनी पुरानो शव भएको सोचेका र पछि उनी जीवित भएको संकेतहरु भेटिएको उक्त पोष्टमा उल्लेख गरिएको छ । तर फ्याक्ट चेक गर्दा उक्त पोष्टमा उल्लेखित विवरण गलत भएको पुष्टी भएको छ ।

उक्त पोष्टमा भिक्षुको तस्बिरहरूको दुई संस्करणहरू संलग्न छन् । जसमा पुरुषहरूले बोकेको अवस्थामा भिक्षु मुस्कुराएको देखिन्छ। वास्तवममा तस्वीरमा देखिएका व्यक्ति भिक्षु लुआंग फोर पियान थिए, जो थाइल्याण्डका एक प्रसिद्ध बौद्ध गुरु थिए । उनको सन् २०१७ मा नै निधन भइसकेको छ ।

यो तस्वीरसहित सामाजिक सञ्जालमा कम्तिमा ७० वटा गलत पोष्टहरु गरिएका छन् । जसमा १७ हजारभन्दा धेरै लाइक र कमेन्टहरु छन् । २ बर्ष अगाडि पनि नेपालमा २०१ बर्षका भिक्षु भेटिएको भन्दै यही फोटो सामाजिक सञ्जालहरुमा पोष्ट गरिएको थियो । यो पोष्ट अहिले केही नेपाली फेसबुक पेजहरुमा पनि देखिएको छ ।

फोटोहरू मूल रूपमा एसियावायरमा अपलोड गरिएको थियो । ती फोटोहरु पियानको मृत्यु भएको दुई महिना पछि खिचिएको थियो। उहाँका अनुयायीहरूले उहाँको लुगा फेर्न उहाँको शरीर निकालेका थिए ।

केही पोष्टहरूमा मणिवालाय उलागा शब्द उल्लेख थियो । जसको अर्थ फिलिपिनो भाषामा विश्वास गर्नेहरू मूर्ख छन् भनेर अनुवाद गरिएको छ। यसले संकेत गर्छ कि केहिले मजाकको रूपमा फोटो पोष्ट गरेका थिए । यद्यपि केही पोष्टहरूमा भ्रम फैलाउनका लागि उक्त वाक्य हटाइएको थियो ।

यो फोटो यस अगाडि पनि फेसबुकमा शेयर हुदै आएको थियो । जसको फ्याक्ट चेक एसियानेट न्यूजले २०२० मा, बुम फ्याक्ट चेकन्युजमिटरले २०२१ मा, न्युजचेकले २०२२ मा गरेका थिए । उनीहरुले यो तस्वीरका बारेमा फैलाइएका अफवाहहरु खारेज गरिदिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्वको सबैभन्दा वृद्ध व्यक्ति फ्रान्सेली लुसिल रान्डनको ११८ वर्षको उमेरमा गत जनवरीमा मृत्यु भएको एक हप्तापछि पनि यो तस्बिर सामाजिक सञ्जालमा देखा परेको थियो । अमेरिकामा जन्मेकी स्पेनी महिला मारिया ब्रान्यास मोरेरा अहिले विश्वका सबैभन्दा जेठी जीवित व्यक्ति हुन्, उनको उमेर ११५ वर्ष छ । यसअघि विश्वको सबैभन्दा लामो समय बाँच्ने व्यक्ति १२२ वर्ष पुगेका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com