अमेरिकामा पावरबल लोटरी विजेताबाट जितेको सबै रकम डोनेशन, नाम राखे गोप्य


प्रकाशित मिति : २८ माघ २०७९, शनिबार

100 US dollar banknote

साउथ क्यारोलिनाका एक विजेताले पावरबल लोटरीमा जितेको सम्पूर्ण रकम डोनेशन गरेका छन् । साउथ क्यारोलिना लोटरीका अनुशार उनले सबै रकम दानमा दिएका छन् ।

ती व्यक्तिले जनवरी १६ को ड्रमा डेढ लाख डलर जितेका थिए । उनले एउटा मात्र नम्बर नमिल्दा ज्याकपट जित्न सकेका थिएनन् । उनले लोटरी ग्रीनभिलको जीटी एक्सप्रेस मार्टमा टिकट किनेका थिए।

गुमनाम रहन चाहेका ती विजेताले लोटरी अधिकारीहरूलाई जितेको सबै रकम अपस्टेट साउथ क्यारोलिनाको एक परोपकारी संस्थालाई डोनेशन दिएको बताए । तर थप विवरण भने दिएनन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले जितलाई उत्साहजनक भनेका छन् । आफूले कसैलाई खुशी पार्न पर्याप्त गरेको उनले बताएका छन् । विजयी टिकट बेचेका कारण जीटी एक्सप्रेस मार्टले पनि १५ सय डलर पाएको थियो ।

पावरबल चिठ्ठा अमेरिकाका ४५ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी, पोर्तोरिको र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ ।

पावरबल लोटरी सोमबार, बुधबार र शनिबार न्युयोर्क समय अनुशार राती १० बजेर ५९ मिनेट जाँदा खोलिन्छ । ज्याकपटक जित्नका लागि २९२ मिलियनमा सबैभन्दा भाग्यशाली हुनुपर्छ ।

यो टिकटको मूल्य २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि १ देखि ६९ सम्मका ५ वटा नम्बर र १ देखि २६ सम्मको एउटा नम्बर छनौट गर्नुपर्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com