अमेरिकाले ६ चिनियाँ कम्पनीलाई राख्यो कालोसूचीमा


प्रकाशित मिति : २८ माघ २०७९, शनिबार

PHILADELPHIA, PENNSYLVANIA – FEBRUARY 03: U.S. President Joe Biden speaks during the Democratic National Committee winter meeting on February 03, 2023 in Philadelphia, Pennsylvania. Earlier in the day President Biden and U.S. Vice President Kamala Harris visited a water treatment plant in the city where they announced $160 million to upgrade Philadelphia water facilities and replace 20 miles of lead service lines. Anna Moneymaker/Getty Images/AFP (Photo by Anna Moneymaker / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

अमेरिकाले ६ चिनियाँ कम्पनीलाई कालोसूचीमा राखेको छ । देशको वाणिज्य मन्त्रालयका अनुसार यी कम्पनीहरू सेना समर्थित चिनियाँ बेलुन जासूस कार्यक्रमसँग सम्बन्धित छन्।

मन्त्रालयद्वारा जारी विज्ञप्ति भनिएको छ , यी ६ कम्पनी चीनको पिपुल्स लिबरेसन आर्मीको एयरोस्पेस कार्यक्रमसँग सम्बन्धित रहेका छन्  । यसले देशको सुरक्षालाई खतरामा पार्न सक्छ । विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी सरकारको अनुमतिबिना यी ६ कम्पनीले अमेरिकी उपकरण किन्न सक्ने छैनन् ।

विज्ञप्तिमा उप-व्यापार सचिव डन गेर्भेसले भने, अमेरिकी व्यापार विभागले अमेरिकी सुरक्षा र सार्वभौमिकताको रक्षा गर्न नियामक संयन्त्रहरू प्रयोग गर्नबाट पछि हट्ने छैन। चिनियाँ सेनाले जासुसी गर्ने र महत्वपूर्ण जानकारी हाँसिल गर्नका लागि माथि उड्ने बेलुनहरू प्रयोग गरिरहेको छ, जुन अमेरिकी सुरक्षाको लागि खतरा हो,विज्ञप्तिमा भनिएको छ ।

कालोसूचीमा परेका कम्पनीहरु यस्ता छन्

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

  •  बेइजिङ नान्जियाङ एयरोस्पेस टेक्नोलोजी कर्पोरेशन,
  •  चाइना इलेक्ट्रोनिक्स टेक्नोलोजी ग्रुप कर्पोरेशन,
  •  48 अनुसन्धान संस्थान डोंगगुआन लिंगकोंग रिमोट सेन्सिङ टेक्नोलोजी कर्पोरेशन,
  • ईगल म्यान एभिएसन साइंस एण्ड टेक्नोलोजी ग्रुप कर्पोरेशन,
  • गुआंगजाउ तियान-हाई-सियांग उड्डयन प्रविधि निगम
  •  शान्क्सी ईगल्स म्यान एभिएसन विज्ञान र प्रविधि समूह निगम
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com