दोहाबाट उडेको कतार एयरवेजको विमान केही सेकेण्डले पानीमा खस्नबाट बच्यो


प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार

white and red passenger plane in the sky

दोहाबाट कोपेनहेगनका लागि उडेको कतार एयरवेजको उडान केही सेकेण्डले पानीमा खस्नबाट बचेको खुलासा भएको छ । जसका कारण विमानमा रहेका यात्रुहरू त्रसित र आतंकित भएका छन् ।

त्यस समय विमानमा सवार एक यात्रु र अनुभवी उड्डयन विशेषज्ञका अनुशार कतार एयरवेजको उडान केही सेकेण्डले पानीमा ठोक्किनबाट बचेको थियो । यो घटना जनवरी १० मा दोहाबाट कोपेनहेगनका लागि उडेको कतार एयरवेजको क्युआर १६१ उडानमा भएको थियो।

उड्डयन ट्र्याकर वेबसाइटमा प्रकाशित डाटाले कसरी बोइङ ७८७ -८ ड्रीमलाइनर जेटले टेक अफ पछि प्रति सेकेन्ड ५० फिटको दरमा खस्नु अघि १८५० फिट उचाई लियो भन्ने उल्लेख गरिएको छ ।

पाइलटले विमानको नियन्त्रण फिर्ता लिनु अघि विमान पानीभन्दा १७ सेकेन्ड वा ८५० फिटमाथि झरेको थियो । विमान लगभग ७० सेकेन्डसम्म अनियन्त्रित भएको थियो । को पाइलटको गल्ती थाहा पाउनेबित्तिकै केही सेकेन्डमा नै कप्तानले विमानलाई नियन्त्रणमा लिएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जुनियर पाइलट अन्धकारमा स्थितिगत चेतना हराएको अवस्थाबाट पीडित भएको थियो, जसको परिणामस्वरूप विमान तलतिर झरेको तथा फ्ल्याप गतिले सीमा नाघेको विज्ञहरूले बताएका छन् ।

यात्रुहरु आत्तिएर चिच्याएका थिए । केही यात्रुले बान्ता समेत गरेका थिए ।

पाइलटले म्यानुअल रूपमा र उडान निर्देशकको सहायता बिना विमान उडान गरिरहेको जनाइएको छ । क्याप्टेनले विमानको नियन्त्रण फिर्ता लिएपछि बाँकी उडानमा भने कुनै समस्या भएन । विमान आफ्नो यात्रा पूरा गरेर कोपेनहेगनमा सुरक्षित अवतरण भएको थियो ।

कतार एयरवेज यो घटना बारे सचेत रहेको तथा यो तुरुन्तै अधिकारीहरूलाई रिपोर्ट गरिएको जनाएको छ । घटनाबारे आन्तरिक अनुसन्धान भइरहेको जनाएको छ।

कतार एयरवेजमा नेपालीहरुले पनि उल्लेख्य रुपमा यात्रा गर्दै आएका छन् । तर यो विमानमा कतिजना नेपाली थिए भन्नेबारे केही खुलेको छैन । यद्यपी डेनमार्कमा बस्ने नेपालीहरुको संख्या उल्लेख्य हुने भएकाले र प्राय डेनमार्कको उडानमा केही नेपालीहरुसमेत हुने भएकाले यो उडानमा पनि नेपालीहरु हुनसक्ने अनुमान गरिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com