टर्की र सिरिया भूकम्पः मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो
प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार
(230210) — ANTAKYA, Feb. 10, 2023 (Xinhua) — Members of the China Search and Rescue Team transfer a woman survivor with their local partners in Antakya in the southern province of Hatay, Türkiye, Feb. 9, 2023. In Antakya, Hatay, Chinese and Turkish rescuers successfully saved three women from the rubble of collapsed buildings on Thursday through their joint operations. TO GO WITH “Roundup: Hopes fade for finding quake survivors as death toll surpasses 17,000 in Türkiye” (Xinhua/Shadati)
टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २१ हजार पाँच सय जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् ।
उद्धारकर्मीहरूका अनुसार टर्कीएमा १८ हजार तीन सय ४२ जना तथा सिरियामा तीन हजार तीन सय ७७ जनाले ज्यान गुमाएका छन् । उद्धारकर्मीहरू भूकम्पपछिका एक सय घण्टादेखि प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकिने विश्वासका साथ खोजतलास गरिरहेका छन् ।

टर्की र सिरियाले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपील गरेका छन् । विश्व ब्याङ्कले एक अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

The death toll from the earthquakes climbed to 17,674 in Türkiye, with 72,879 injuries, Turkish Vice President Fuat Oktay said Thursday. (Xinhua/Shadati)
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले अन्तर्राष्ट्रिय समुदायलाई टर्कीएका भूकम्पपीडितका लागि थप आर्थिक सहायता उपलव्ध गराउन आह्वान गर्नुभएको छ । साथै उहाँले आगामी साता टर्कीए र सिरियाका निम्ति आर्थिक सहायता जुटाउन दातृ निकायको सम्मेलन आयोजना गर्ने घोषणा गर्नुभएको छ ।





