टर्की र सिरिया भूकम्प : मृत्यु हुनेको सङ्ख्या २० हजार पुग्यो,अझै बढ्न सक्ने संयुक्त राष्ट्रसंघको चेतावनी


प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार

टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पमा परी हालसम्म २० हजार मानिसको मृत्यु भएको छ । यसैबीच, संयुक्त राष्ट्र संघले प्रकोपबाट भएको क्षतिको पूर्ण तस्विर अझै स्पष्ट नभएको जनाएको छ। दुवै देशमा द्रुत राहत र उद्धारको काम भइरहेको भए पनि अहिले भूकम्प गएको सय घण्टाभन्दा बढी समय बितिसकेको छ र भग्नावशेषमा च्यापिएका मानिस जिवित भेट्नसक्ने  आशा कम हुँदै गएको छ । यसैबीच भूकम्पबाट बाँचेका हजारौं जनताका लागि कडा चिसोले नयाँ चुनौती खडा गरेको छ । यहाँ बस्ने ठाउँबाहेक खानेकुराको चरम अभाव छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यस प्रकोपको पूर्ण तस्विर अहिलेसम्म नआएको बताउनुभएको छ, ‘विशेषगरी विगत केही वर्षदेखि गृहयुद्धको सामना गरिरहेको र यसअघि पनि यस्तै दुर्दशाको सामना गरिरहेको सिरियामा ।’ यसैबीच, विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको दिँदै भनेको छ,’ यदि बाँचेकाहरूलाई खाना, पानी, औषधि र आश्रय जस्ता सहायताहरू ‘छिटो रूपमा डेलिभरू गरिएन भने, दोस्रो प्रकोप हुन सक्छ।’

एक दशक लामो गृहयुद्धमा र हवाई आक्रमणका कारण अधिकांश सुविधा सम्पन्न अस्पतालहरू ध्वस्त बनेका थिए, अर्थतन्त्र ध्वस्त बनेको थियो र बिजुली, इन्धन र पानीको अभाव हुँदै आएको थियो ।

टर्कीका राष्ट्रपति रेसेप तैयिप अर्दोआनले दक्षिणी टर्कीका १० प्रान्तमा तीन महिनाको संकटकाल लगाएका छन् र भूकम्पलाई ‘शताब्दीकै प्रकोप’ भनेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उस्मानी प्रान्तमा भएको राहत तथा उद्धार कार्यको समीक्षा गरेपछि उहाँले भन्नुभयो, “यस भूकम्पले ठूलो जनधनको क्षति गरेको छ, यसलाई शताब्दीकै प्रकोप भन्न सकिन्छ । राहत र उद्धार कार्यमा हजारौं मानिसहरु सहयोग गर्न अगाडि आएका छन् । ‘देशका विभिन्न भाग र अन्य मुलुकबाट यस क्षेत्रमा सबै प्रकारका सहयोग र सवारी साधन ल्याइएको छ ।

टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै सोही दिन दिउँसो १ः२४ मा ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com