टर्की र सिरियामा गएको भूकम्पमा परी १२ हजार मानिसको मृत्यु,आपतकालीन सेवा सुस्त भएको भन्दै सरकारको आलोचना


प्रकाशित मिति : माघ २५, २०७९ बुधबार

(230207) — ANKARA/DAMASCUS, Feb. 7, 2023 (Xinhua) — People search for survivors in the rubble of a destroyed building in quake-hit city of Jableh, Latakia province, Syria, on Feb. 6, 2023. (Str/Xinhua)

टर्की र उत्तरी सिरियामा सोमबार आएको भूकम्पमा हालसम्म १२ हजार मानिसको मृत्यु भएको पुष्टि भएको छ । यो संख्या अझै बढ्ने अनुमान गरिएको छ ।  उद्धारकार्य अहिले पनि जारी छ ।  समयमा राहत नपुगको भन्दै सरकारको विरोध हुन थालेको छ ।  टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले भूकम्पपछिको अवस्थालाई सम्हाल्ने विषयमा उठेका प्रश्नमा सरकारको बचाउ गरेका छन् । उनले भने, ‘यति स्तरसम्म विपद्का लागि तयार रहन असम्भव छ ।

आलोचकहरूले आपतकालीन सेवा सुस्त गतिमा काम गरिरहेको र सरकारको तयारी पनि ठीक नभएको बताउँछन् । राष्ट्रपति एर्दोगानले स्वीकार गर्दै भने, त्यहाँ केही समस्याहरू थिए तर अवस्था अब “नियन्त्रणमा” छ। तर, टर्कीको मुख्य विपक्षी दलका नेता केमेल कुलुचतारोलोले भने यसमा असहमति जनाएका छन् । उनले भने, “यदि कोही यसका लागि जिम्मेवार छन् भने त्यो एर्दोगान हो।”

राष्ट्रपतिले यी आरोपहरूको खण्डन गर्दै विपद्को समयमा एकता आवश्यक रहेको बताए। उनले  भने, “यस्तो अवस्थामा मलाई राजनीतिक फाइदाका लागि नकारात्मक अभियान चलाउने मानिसहरूलाई सहन गाह्रो छ।” सिरियाको लामो समयदेखि चलिरहेको द्वन्द्वले पूर्वाधारलाई ध्वस्त पारेको छ, यसले सहायता पुर्‍याउन गाह्रो बनाएको छ।

भूकम्पपछि टर्की र सिरिया बीचको बाब अल-हवा क्रसिङ पूर्ण रूपमा बन्द छ र सडक भाँचिएको छ। संयुक्त राष्ट्रका एक अधिकारीले सडक छिट्टै पहुँचयोग्य हुने बताए। टर्कीका विदेशमन्त्री मेभलुत चेवुशोग्लुले सिरियामा सहयोग पुग्ने गरी दुवैतर्फको सीमाना थप खोल्न सक्ने बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युरोपेली संघले सरकारको अनुरोधमा सिरियालाई ३.५ मिलियन युरो (३१ करोड रुपैयाँ)को सहायता पठाएको पुष्टि गरेको छ । तर, यो सहयोग सरकार र विद्रोही दुवैको नियन्त्रणमा रहेको क्षेत्रमा पुग्नुपर्छ । इदलिब प्रान्तमा १५०० भन्दा बढी मानिस मारिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com