अमेरिकामा रहेका सबै कागजपत्रविहिनलाई सामुहिक ग्रिनकार्डको बाटोमा लैजान बाइडेनको आव्हान


प्रकाशित मिति : माघ २५, २०७९ बुधबार

TOPSHOT – US Vice President Kamala Harris and US Speaker of the House Kevin McCarthy (R-CA) listen as US President Joe Biden delivers the State of the Union address in the House Chamber of the US Capitol in Washington, DC, on February 7, 2023. (Photo by ANDREW CABALLERO-REYNOLDS / AFP)

जब राष्ट्रपति जो बाइडेन आफ्नो वार्षिक स्टेट अफ द युनियन सम्बोधनका क्रममा कागजपत्रविहिन आप्रवासीहरूलाई सामूहिकरुपमा ग्रिनकार्डको बाटोमा लैजाने मापदण्ड पारित गर्न संसदलाई आव्हान गरे । आफ्नो शासनकालमा देखिएका ऐतिहासिक कदमका कारण दक्षिणी सिमानामा आप्रवासी संख्यामा भर्खरै आएको गिरावटको दावी गर्दै बाइडेनले यस्तो आव्हान गरेका हुन् ।

बाइडेनले व्यापक अध्यागमन सुधार विधेयक पारित गर्नको लागि आफ्नो अघिल्लो अपील दोहोराएका हुन् । यो विधेयक २०२१ मा बाइडेनको कार्यालयमा पहिलो दिनमा अनावरण गरिएको थियो। विधेयकको मूल भागमा जनवरी १, २०२१ अघि अमेरिकामा रहेका कागजपत्रविहिन आप्रवासीहरुलाई ग्रिनकार्ड हुदै अमेरिकी नागरिकता प्रदान गर्ने विषय छ । कृषि कामदार, टीपीएसवाहक र डाकामा रहेकाहरुलाई ग्रिनकार्डको बाटोमा लैजाने विषय यसमा छ ।

‘अध्यागमनमा पनि सँगै आउनुहोस् र यसलाई एक पटक फेरि द्विपक्षीय मुद्दा बनाउनुहोस्,’ उनले भने।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

‘यदि हामीले मेरो व्यापक अध्यागमन सुधार पास गर्दैनौं भने ड्रिमर, टीपीएसवाहक, कृषि कामदार र अत्यावश्यक कामदारहरूका लागि नागरिकताको बाटो प्रदान तथा सिमा सुरक्षित गर्ने कम्तिमा मेरो योजना पास गरौं,’  बाइडेनले भने ।

मंगलबार बिडेनले सीमा गस्ती कर्मचारीमा वृद्धि भएको र सीमामा फेन्टानिल जफतहरू पनि बढाएको दाबी गरे ।

‘अहिले हामीसँग सीमा सुरक्षाका लागि काम गर्ने कर्मचारीको रेकर्ड संख्या छ, पछिल्ला केही महिनामा ८ हजार मानव तस्करलाई पक्राउ गरिएको छ भने २३ हजार पाउण्ड भन्दा बढी फेन्टानिल बरामद गरिएको छ,’ उनले भने।

उनले गत महिना अगाडि सारिएका सीमा सम्बन्धि उपायहरुबारे पनि उल्लेख गरे, जसले परोल कार्यक्रमबाट भेनेजुएला, क्युबा, हाइटी र निकारागुवाका आप्रवासीलाई हरेक महिना ३० हजारका दरले अमेरिका आउन अनुमति दिन्छ । उनीहरूले अवैध रूपमा सिमा पार नगरेमा र अमेरिकामा पहिले नै स्पोन्सर भएमा अन्य शर्तहरुसहित उनीहरुलाई अमेरिका आउन दिइनेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com