वाशिंगटनका भाग्यशाली व्यक्तिले जिते ७५४ मिलियन डलरको पावरबल लोटरी, कति काटिन्छ ट्याक्स?


प्रकाशित मिति : माघ २४, २०७९ मंगलबार

100 us dollar bill

वाशिंगटन राज्यका भाग्यशाली व्यक्तिले ७५४ मिलियन डलरको पावरबल ज्याकपट जितेका छन् । सोमबार रातीका विजयी नम्बरहरू ५, ११, २२, २३, ६९ र पावरबल नम्बर ०७ रहेका थिए ।

लोटरी अधिकारीहरूले मंगलबार प्रारम्भिक एक विज्ञप्तिमा एउटै टिकट सबै छ नम्बरहरूसँग मेल खाएको बताएका छन् । अत्याधिक टिकट बिक्रीले पहिलेको ७४७ मिलियनको ज्याकपट बढेर ७५४ मिलियन पुगेको थियो ।

बार्षिक रुपमा लिन चाहनले २९ किस्तामा लिन सक्छन् भने एकैपटक लिन चाहनेले ४०७ मिलियन प्राप्त गर्नेछन् । तर त्यसमा ठूलो रकम ट्याक्स कटाइन्छ ।

उक्त रकममा २४ प्रतिशत अनिवार्य संघीय ट्याक्स विथहोल्ड हुन्छ । तर ट्याक्सको श्रृंखला यत्तिमा सिमित हुँदैन । एकल करदाताले शीर्ष संघीय सीमान्त दर ३७ प्रतिशतसम्म तिर्नुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

Khasokhas

त्यसपछि राज्य र सिटीका करहरु पनि तिर्नुपर्छ । उक्त करको दर विजेता कहाँ बस्छन् र उनीहरूले जित्ने टिकट कहाँ किनेका थिए भन्ने आधारमा निर्धारण हुन्छ ।

पावरबल चिठ्ठा अमेरिकाका ४५ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी, पोर्तोरिको र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ ।

पावरबल लोटरी सोमबार, बुधबार र शनिबार न्युयोर्क समय अनुशार राती १० बजेर ५९ मिनेट जाँदा खोलिन्छ । ज्याकपटक जित्नका लागि २९२ मिलियन टिकटबीच सबैभन्दा भाग्यशाली हुनुपर्छ ।

यो टिकटको मूल्य २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि १ देखि ६९ सम्मका ५ वटा नम्बर र १ देखि २६ सम्मको एउटा नम्बर छनौट गर्नुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com