भूकम्प प्रभावित प्रान्तहरूमा टर्कीमा आपतकाल घोषणा
प्रकाशित मिति : माघ २४, २०७९ मंगलबार
TOPSHOT – Rescuers and civilians look for survivors under the rubble of collapsed buildings in Kahramanmaras, close to the quake’s epicentre, the day after a 7.8-magnitude earthquake struck the country’s southeast, on February 7, 2023. – Rescuers in Turkey and Syria braved frigid weather, aftershocks and collapsing buildings, as they dug for survivors buried by an earthquake that killed more than 5,000 people. Some of the heaviest devastation occurred near the quake’s epicentre between Kahramanmaras and Gaziantep, a city of two million where entire blocks now lie in ruins under gathering snow. (Photo by Adem ALTAN / AFP)
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मङ्गलबार शक्तिशाली भूकम्पबाट प्रभावित टर्कीका विभिन्न १० प्रान्तमा तीन महिनाका लागि आपतकाल घोषणा गर्नुभएको छ ।
खोज तथा उद्धारका गतिविधि र त्यसपछिको अध्ययनलाई छिट्टै अगाडि बढाउन यो निर्णय गरिएको उहाँले पत्रकार सम्मेलनमा बताउँनुभयो ।
एर्दोगानले दक्षिणी टर्किएमा सोमबारको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ५४९ पुगेको बताउँनु भएको छ । हाल भूकम्प प्रभावित क्षेत्रमा जम्मा ५३ हजार ३१७ खोज तथा उद्धार कर्मचारी र सहयोगी खटिएको राष्ट्रपतिले उल्लेख गर्नु भएको छ ।

विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरणका अनुसार दक्षिणी कहरामनमारस, अडाना, अदियामान, ओस्मानी, हाते, किलिस र मालत्या र दक्षिणपूर्वी सानलिउर्फा, दियारबाकिर र गाजियन्टेपका प्रान्तहरूमा भुकम्पबाट थुप्रैको मृत्यु भएको हो।

स्थानीय समय अनुसार सोमबार बिहान ४:१७ मा टर्कीको दक्षिणी प्रान्त कहरामनमारासमा ७.७ म्याग्नीच्युडको भूकम्प गएको थियो । त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियनटेपमा ६.४ म्याग्निच्युडको भूकम्प र ६.२ रेक्टर स्केलको भूकम्प: बेलुका कहरामनमारस प्रान्तमा पनि शक्तिशाली भूकम्प गएको थियो ।
एर्दोगानले सोमबार सात दिने राष्ट्रिय शोकको घोषणा गर्नु भएको छ ।







