टर्की भूकम्प: मृतकको संख्या २० हजार नाघ्नसक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी


प्रकाशित मिति : माघ २३, २०७९ सोमबार

सिरियाको सीमानजिकैको दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या आठ गुणा बढ्न सक्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । सोमबार बिहान पहिलो भूकम्प गएपछि हाल २६ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको तथ्यांक आएको छ ।

टर्कीमा मृत्यु हुनेको संख्या १,६५० नाघेको छ भने सिरियामा १,००० जनाको मृत्यु भएको पुष्टि भएको छ। टर्कीमा कम्तिमा १० हजार र सिरियामा २ हजार जना घाइते भएका छन् । ती संख्या पनि निरन्तर बढ्दै गएको छ । उद्धारकर्ताहरू चिसो र हिउँ परेको अवस्थामा भग्नावशेषहरुमा बाँचेकाहरू खोजिरहेका छन्।

सोमबार टर्की र सिरियाका केही भागहरूमा मानिसहरू सुतिरहेका बेला आएको ७ दशमलव ८ म्याग्नीच्युडको भूकम्पले भवनहरू समतल बनाएको छ ।

स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा सिरियाको सिमाना नजिक टर्कीको गाजिएन्टेपको उत्तरमा भूकम्प आएपछि धेरै मानिस ध्वस्त भवनमुनि फसेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरूले चेतावनी दिएका छन्। साइप्रस, लेबनान र इजिप्टमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्वभरका देशहरूले विशेषज्ञ टोली, स्निफर कुकुर र उपकरणहरू सहित उद्धार प्रयासहरूलाई मद्दत गर्न सहयोग पठाइरहेका छन्।उद्धारकर्ताहरूले भग्नावशेषमा बढी पीडितहरू फेला परेकाले मृतकको संख्या आठ गुणासम्म बढ्न सक्ने डब्लूएचओले चेतावनी दिएको छ।

सोही क्षेत्रमा सोमबार दिउँसो ७ दशमलव ५ म्याग्निच्युडको दोस्रो भूकम्प पनि गएको युएसजीएसले जनाएको छ । त्यसपछि कयौं शक्तिशाली पराकम्पन पनि महसुस गरिएको छ ।

टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्र मध्ये एक हो। सन् १९९९ मा एक घातक भूकम्पले उत्तर पश्चिममा १७ हजार भन्दा बढीको ज्यान लिएको थियो । टर्कीको पूर्वी एर्जिनकान प्रान्तमा ३३,००० मानिसको ज्यान गएको देशको सबैभन्दा ठूलो भूकम्प सन् १९३९ मा भएको थियो।

उत्तरपश्चिमी सिरियाको विपक्षी नियन्त्रित क्षेत्रहरूमा विनाशकारी भूकम्पको क्षतिका रिपोर्टहरू आएका छन् । जहाँ युद्धबाट विस्थापित लाखौं मानिसहरू सघन जनसंख्या भएका शहरहरूमा बस्छन्। गाजियन्टेप र यसको वरपरका क्षेत्रहरूमा लगभग १२ वर्षको युद्धबाट विस्थापित भएका हजारौं सिरियाली शरणार्थीहरू बस्दै आएका छन् ।

भूकम्पबाट व्यापक जनधनको क्षति भएपछि विश्वका नेताहरूले शोक व्यक्त गर्दै सहयोगका लागि अग्रसर भएका छन् । यसै बीच टर्कीले राहत र उद्धारकार्यमा सहयोग गर्न विश्वसमुदाय सँग आग्रह गरेको छ । टर्कीको प्रकोप र आपतकालीन व्यवस्थापन एजेन्सीले तत्काल राहत र सहायता परिचालन गर्न अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरेको हो ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले ट्वीटमार्फत देशका धेरै भागहरूमा प्रभावहरू महसुस गरिएको र भूकम्पबाट प्रभावित क्षेत्रमा तुरुन्तै खोज र उद्धार टोलीहरू पठाइएको बताएका छन् ।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले एक इमेल विज्ञप्तिमा विनाशकारी भूकम्पको रिपोर्टबाट अमेरिका अत्यन्तै चिन्तित भएको बताएको छ । अमेरिका आवश्यक कुनै पनि र सबै सहायता प्रदान गर्न तयार रहेको उनले बताएका छन् ।

अमेरिकी राष्ट्रपति बिडेनले युएसएआईडी र संघीय सरकारका अन्य साझेदारहरूलाई सबैभन्दा प्रभावितहरूलाई मद्दत गर्न अमेरिकी सहायता विकल्पहरूको मूल्याङ्कन गर्न निर्देशन दिएका छन् ।

वरिष्ठ अमेरिकी अधिकारीहरूले उनीहरूको टर्की समकक्षहरूसँग अमेरिकी सहायता समन्वय गर्न पुगेका र अमेरिका समर्थित मानवीय साझेदारहरूले सिरियामा पनि त्यस्तै गरिरहेका सोमबार एक विज्ञप्तिमा बाइडेनले बताएका छन् ।

बाइडेनले प्रियजनहरू गुमाएकाप्रति गहिरो समवेदना व्यक्त गर्नुका साथै घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com